कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

कविता : अन्तराल

रेनुका भट्ट

अबको तीस वर्षपछि 
हो ठ्याक्कै तीस वर्षपछि 
हामी यहीं भेटिनेछौं 

कविता : अन्तराल

उमेरका उकालीमा

चाउरी परेका हातहरु

मायाले सुम्सुम्याउ“दै

हिउँकुहिरोमा फेरि एक पटक

हराउनेछौं हामी

हामीले बाँचेको समय

एकअर्काको आँखामा पढ्नेछौं

निमेषभरमै सकिएजस्तो

एउटा मीठो सपनाजस्तै


– ‘हामीले जिन्दगीजस्तै जिन्दगी बाँचेछौं राजा’

– ‘हो रानी’

हामी नबोली नबोली

एकअर्कालाई भन्नेछौं

तिमीलाई मसँग र मलाई तिमीसँग

अहँ, कुनै गुनासो हुने छैन

घाम लाग्दा घामसँगै हास्यौं

आसुँ नदेखुन् भनेर अरुले

झरीमा झरीसँगै रोयौं


यो लेक कोमोमा बगेको नीलो पानी

यो जहाजबाट हेर्नेछौं आजजस्तै

धमिला आँखामा कोरिएका

चम्किला सजिव चित्र

आजभन्दा पनि अझै प्रिय हुनेछन्

अबको तीस वर्षपछि

हो ठ्याक्कै तीस वर्षपछि ।

प्रकाशित : वैशाख २९, २०८१ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट ल्याउने समय एक साता मात्र बाँकी रहँदापनि संघीय संसद्को गतिरोध खुलाउन सरकारले किन तदारुकता नदेखाएको होला ?