२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

एन्टोनको 'म्यारिज प्रपोजल' कुञ्जमा मञ्चन हुँदै 

काठमाडौँ — एन्टोन चेखवद्वारा लिखित नाटक 'म्यारिज प्रपोजल' पुन: कुञ्ज थिएटरमा मञ्चन हुँदैछ । रंगकर्मी चे शंकरको अनुवादमा तयार यो नाटक जेठ १० देखि २७ गतेसम्म मञ्चनमा आउने भएको छ ।

एन्टोनको 'म्यारिज प्रपोजल' कुञ्जमा मञ्चन हुँदै 

संगीत सापकोटा र आशिष घिमिरेद्वारा निर्देशित नाटकलाई कलासी प्रोडक्सनको प्रस्तुति र कर्मन कलासँगको सहकार्यमा तयार पारिएको हो ।

सन् १८९० को विषयवस्तुसँग अहिलेको परिस्थिति मिसाउँदै नाटक तयार पारिएको निर्देशकद्वय दाबी गर्छन् । सन् २०१८ मा मण्डला थिएटरमा प्रस्तुत गरिएको नाटकको विषयवस्तुलाई भारतको कुम्भ फेस्टिभलमा देखाइएको थियो । बंगलादेशमै पनि यो नाटक देखाइसकेको छ ।

नाटकमा चार कलाकार, विजया कार्की, डोरेस खतिवडा, चन्द्र नेपाली र सुन्दर धितालको अभिनय छ । सन् २०१८ भने ३ कलाकारकै अभिनयमा प्रस्तुत गरिएको थियो । नाटक मञ्चनबाट प्राप्त आम्दानी धादिङको गजुरीमा अवस्थित चेपाङ निम्न माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई सहयोग गरिने बताइएको छ ।

यसअघि कलासी प्रोडक्सनले '२४ मा १२', 'अँधेरी नगरी चौपट राजा', 'ज्ञानको चिहान' र 'समय पीडा' नाटक मञ्चन गरिसकेको छ ।

प्रकाशित : वैशाख २७, २०८१ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?