२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

तोलामा दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ — स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा दुई सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा दुई सयले वृद्धि भई एक लाख ३५ हजार छ सय रुपैयाँ पुगेको छ । आइतबार छापवाला सुन तोलामा एक लाख ३५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

तोलामा दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य

महासंघका अनुसार तेजावी सुन तोलामा एक लाख ३४ हजार नौ सय ५० रुपैयाँ निर्धारण भएको छ । आइतबार तेजाबी सुन तोलामा एक लाख ३४ हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी मूल्य तोलामा एक हजार छ सय ६० रुपैयाँ निर्धारण भएको छ । आइतबार चाँदी तोलामा एक लाख छ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित : वैशाख २४, २०८१ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?