सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले वृद्धि
काठमाडौँ — स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा दुई हजार रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा एक लाख ३४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३६ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।
यस्तै बुधबार एक लाख ३३ हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ३५ हजार आठ सय ५० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला एक हजार छ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबारका लागि भने एक हजार छ सय ४५ रुपैयाँ निर्धारण भएको छ ।
प्रकाशित : वैशाख २०, २०८१ १२:४८प्रतिक्रिया