कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९९

अपट्रेन्डलीले जीवनशैलीमा आधारित कन्टेन्ट क्रियटरलाई सम्मान गर्ने 

काठमाडौँ — अग्रणी तथा प्रभावकारी मार्केटिङ प्लेटफर्म अपट्रेन्डलीले क्रिएटर अनर्स-२०२४ को दोस्रो संस्करण गर्ने भएको छ । 

अपट्रेन्डलीले जीवनशैलीमा आधारित कन्टेन्ट क्रियटरलाई सम्मान गर्ने 

अपट्रेन्डलीले यसपटक सोसल मिडियामा जीवनशैली, सौन्दर्य, फेसनसँग जोडिएका देशभरका क्रियटर (सृजनकर्ता) मध्यबाट उत्कृष्टलाई सम्मान गर्ने भएको हो । यसअघि २०८० माघमा खानपान तथा रेस्टुरेन्ट शैलीका कन्टेन्ट बनाई फेसबुक, इन्स्टा, युट्युबलगायत सामाजिक संजालमार्फत उत्कृष्ट प्रदर्शन गर्ने देशभरका कन्टेन्ट क्रियटरमध्येबाट उत्कृष्ट ७ जनालाई सम्मान गरेको गरिएको थियो ।

सनशिल्कसँगको सहकार्यमा हुन लागेको यस पटकको प्रतियोगिताबारे सोमबार कमलादीस्थित स्काइवाक टावरमा भेला गर्दै अपट्रेन्डलीका सीईओ मनायक कार्कीले यसको औपचारिक घोषणा गरेका थिए । प्रतियोगिता राजधानीमा जेठ ३२ गते हुने छ । यो संस्करणमा नेपालमा सौन्दर्य, फेसन तथा जीवनशैलीबारेका सामग्री सिर्जना गर्ने क्रियटरहरुलाई सम्मान गरिने सीईओ कार्कीले बताए । ‘हामी क्रियटर सम्मान पुरस्कार समारोहको दोस्रो संस्करणको आयोजना गर्न पाउँदा उत्साहित छौं,’ सीईओ कार्कीले भने, ‘यो समारोह रचनात्मकता, नवीनता, सौन्दर्य, फेसन र जीवनशैली उद्योगमा दिगो प्रभाव पार्ने व्यक्तिहरूको योगदानको उत्सव हुने छ ।’

अपट्रेन्डलीको सीओओ सुजना राज गुरूङले प्रतियोगितामा राइजिङ स्टार, वर्षको उत्कृष्ट सामग्री, सनसिल्क बोर्न टु साइन, उत्कृष्ट ब्रान्ड कोलाबोरेसन, ट्रेन्डको उत्कृष्ट प्रयोग, अडियो–भिजुअलको उत्कृष्ट प्रयोग र फलोअर लभ अवार्ड गरी ७ विधामा सम्मान प्रदान गरिने बताइन् । प्रतियोगितामा भाग लिन चाहने क्रियटरले अपट्रेन्डलीको एप डाउनलोड गरेर त्यहाँ आफ्नो विवरण समावेश गरी आवेदन दिन पाउने छन् ।

प्रकाशित : वैशाख १८, २०८१ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?