कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

नेपालमा लगानी गर्न सहजीकरण गर्ने उच्च राजनीतिक आश्वासन देख्यौँ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ — उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा लगानी गर्न सहजीकरण गर्ने उच्च राजनीतिक आवश्वासन देखेको बताएका छन् । तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सम्बोधन गर्दै श्रेष्ठले भने,‘सरकार र विपक्षी दलका नेताहरूबाट नेपालमा लगानी गर्न सहजीकरण गर्ने उच्च राजनीतिक आश्वासन हामीले देखेका छौं ।’

नेपालमा लगानी गर्न सहजीकरण गर्ने उच्च राजनीतिक आश्वासन देख्यौँ : उपप्रधानमन्त्री श्रेष्ठ

श्रेष्ठले हालका वर्षहरूमा नेपालका धेरैजसो राजनीतिक आकांक्षाहरू पूरा गरिसकेको उल्लेख गर्दै नेपालीहरूको दीर्घकालीन विकास र समृद्धिको आकांक्षालाई साकार पार्न उच्च आर्थिक वृद्धिको बाटोतर्फ अघि बढिरहेको बताए । उनले भने,‘तसर्थ आर्थिक विकास र समृद्धि देशको मुख्य ऐतिहासिक कार्य हो, जसमा सरकार पूर्ण रूपमा प्रतिबद्ध छ ।’

उपप्रधानमन्त्री श्रेष्ठले आइतबार सरकारले नेपालमा लगानीको लागि अनुकुल वातावरण बनाउन विभिन्न आठ ऐन संशोधन गर्दै अध्यादेश जारी गरेको पनि उल्लेख गरे । सरकारले दुई साताअघि मात्रै मोडल फ्रेमवर्क ‘द्विपक्षीय लगानी सम्झौता’ लाई स्वीकृत गरी चासो दिने मुलुकसँग द्विपक्षीय लगानी सम्झौताको बाटो खोलेको पनि बताए । उनले आइतबार उद्घाटन सत्रमा प्रधानमन्त्री पुष्पकमल दाहालले पनि द्विपक्षीय लगानी सम्झौता गर्नको लागि मित्र राष्ट्रहरुलाई आह्वान गरेको कुरा पनि सम्झिए ।

श्रेष्ठले प्रत्येक लगानीको सम्भावना र सम्भावनालाई सहजीकरण गर्ने नेपाल सरकारको प्रतिबद्धता दोहोर्‍याए । ‘हामी विश्वस्त छौं कि यहाँले प्रतिनिधित्व गरेका हाम्रा असल मित्र र साझेदारहरूले नेपालमा लगानी बढाउन, हाम्रो पारस्परिक लाभका लागि हाम्रो सहयोगलाई अझ फराकिलो र गहिरो बनाउने हाम्रो प्रयासमा सहयोग गर्नेछन्,’ उनले भने ।

प्रकाशित : वैशाख १७, २०८१ २२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?