कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९९

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा थपलिया र मध्यपश्चिममा गौतम नियुक्त

काठमाडौँ — पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विजुकुमार थपलिया र मध्यपश्चिम विश्वविद्यालयमा प्रा.डा. ध्रुवकुमार गौतम नियुक्त भएका छन् । 

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा थपलिया र मध्यपश्चिममा गौतम नियुक्त

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले प्रा. डा. थपलिया र प्रा.डा. गौतमलाई मंगलबार उपकुलपतिमा नियुक्त गरेका हुन् । थपलिया पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका पूर्व डिन हुन्। गौतम त्रिवि योजना निर्देशनालयका निर्देशक हुन् ।

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा सिफारिस समितिले नन्दबहादुर सिंह, देवबहादुर खड्का र प्रा डा धुव्रकुमार गौतमलाई सिफारिस गरेको थियो । उपकुलपति छनोट गर्न विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति गठन गरिएको थियो ।

पूर्वाञ्चलमा शिक्षामन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा उपकुलपति छनोट तथा सिफारिस समिति गठन भएको थियो । उक्त समितिले पूर्वाञ्चलमा थपलिया, महेशराज दाहाल र देवीप्रसाद भट्टराईको नाम सिफारिस गरेको थियो ।

दुवै समितिले दरखास्त माग गरी कार्ययोजना, सोचपत्र र अन्तर्वार्ताको आधारमा छनोट गरी सिफारिस गरेका थिए । विज्ञ समूहले कार्ययोजना सोचपत्रको मूल्यांकन गरी छनोट गरेको थियो ।

मेरिटोक्रेसीअनुसार नै उपकुलपति नियुक्त गरेको प्रधानमन्त्री दाहालको सचिवालयले दाबी गरेको छ । प्रधानमन्त्री दाहालले विश्वविद्यालयमा हुने दलीय भागबन्डाको अन्त्य गरी प्राज्ञिक प्रतिस्पर्धाका आधारमा नियुक्त गर्ने घोषणा गर्दै आएका थिए ।


प्रकाशित : वैशाख १८, २०८१ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?