१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४१

आईपीएल २०२४ : शीर्षमा राजस्थान अझ मजबुत

एजेन्सी

जयपुर — यशस्वी जैसवालले नटआउट रहेर बनाएको १ सय ४ रनको मद्दतले राजस्थान रोयल्सले सोमबार मुम्बई इन्डियन्सलाई नौ विकेटले पराजित गरेको छ । यससँगै लिग तालिकाको शीर्षमा राजस्थानको स्थिति अझ मजबुत भएको छ ।

आईपीएल २०२४ : शीर्षमा राजस्थान अझ मजबुत

मिडियम पेसर बलर सन्दीप शर्माले १८ रनमा पाँच विकेट लिएपछि पहिले ब्याटिङ गरेको मुम्बईले नौ विकेटमा १ सय ७९ रन बनाएको थियो । त्यसपछि बायाँ हाते ओनपर जैसवालले शतक बनाए र वर्षाले प्रभावित खेलमा राजस्थान १८.४ ओभरमा जितसम्म पुगेको थियो ।

यसअघि उनको व्यक्तिगत उच्च स्कोर यो सिजन ३९ रन रहेको थियो । सन् २००८ मो सेन वार्नको नेतृत्वमा पहिलो संस्करणको आईपीएल जितेको राजस्थानले यसपल्ट आफूले खेलेका ८ खेलमध्ये ७ मा विजयी हात पारेको छ । उसको १४ अंक छ ।

जैसवालको भने आईपीएलमा यो दोस्रो शतक हो । उनले ६० बलको सामना गर्दै नौ चौका र सात छक्का प्रहार गरे । उनले सन्जु साम्पसनसँग १ सय ९ रनको साझेदारी पनि गरे ।

प्रकाशित : वैशाख ११, २०८१ ०६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?