२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९२

एटीटीयूको पारा टेबल टेनिस कमिटीमा वैद्य

काठमाडौँ — एसियन टेबल टेनिस युनियन (एटीटीयू) ले हालै गठन गरेको पारा टेबल टेनिस कमिसनमा अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यलाई सदस्यमा नियुक्त गरेको छ ।

एटीटीयूको पारा टेबल टेनिस कमिटीमा वैद्य

त्यस कमिटी छ सदस्यीय रहेको छ र त्यसमा नेपालसँगै लेवनान, पाकिस्तान, इरान र साउदी अरेबियाको प्रतिनिधि छन् ।

एटीटीयूको दक्षिण कोरियामा भएको पछिल्लो कार्यकारी बैठकले पारा टेबल टेनिस कमिटी गठन गर्ने र वार्षिक रूपमा प्रतियोगिता गर्ने तथा त्यसलाई नियमित कार्यक्रममै समावेश निर्णय गरेको हो । त्यसै अनुसार यस छ सदस्यीय कमिटी गठन गरिएको हो ।

नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक पनि रहेका वैद्यका अनुसार कमिटीको बैठक बसेपछि थप कार्यक्रम तय हुनेछ ।


प्रकाशित : वैशाख १०, २०८१ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?