२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

स्पेनी ला लिगा : ‘एल क्लासिको’ मा रियलको जित

एजेन्सी

म्याड्रिड — जुड वेलिङघमले खेलको अन्त्यतिर गरेको निर्णायक गोलको मद्दतले रियल म्याड्रिडले स्पेनी ला लिगामा आइतबार बार्सिलोनालाई ३–२ ले हराएको छ । ‘एल क्लासिको’ मा प्राप्त यस जितपछि रियलले लिगको शीर्ष स्थानमा ११ अंकको अग्रता लिएको छ ।

स्पेनी ला लिगा : ‘एल क्लासिको’ मा रियलको जित

बर्नाबाउमा भएको खेलमा रियल दुई पल्ट पछाडि परेको थियो र दुवै अवसरमा खेलमा फर्किन सफल रह्यो । बार्सिलोनाले आन्द्रेस क्रिस्टेनसनको गोलले छैटौं मिनेटमा अग्रता लिएको थियो ।

लगतै १८ औं मिनेटमा भिनिसियस जुनियरले पेनाल्टीबाट गोल गर्दै खेल बराबरीमा ल्याए । फेरमिन लोपेजले बार्सिलोनालाई दोस्रो पल्ट अग्रता दिलाएपछि लुकास भाजक्वेजले फेरि बराबरी गरे ।

यस जितसँगै रियलले सबै खाले प्रतियोगितमा आफ्नो अपराजित यात्रालाई २९ खेल पुर्‍याएको छ । आइतबारका अन्य खेलमा भिल्लारियलले आल्मेरियालाई २–१ र एलाभेसले एटलेटिको म्याड्रिडलाई २–० ले हरायो । गेटाफे र रियल सोसिडाडले भने १–१ को बराबरी खेले ।

प्रकाशित : वैशाख १०, २०८१ ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?