१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७८

खुला मेयर कप फुटबल वैशाख १५ देखि

ललितपुर — प्रथम उपत्यकाव्यापी अन्तर नगरपालिका खुला मेयर कप फुटबल प्रतियोगिता यही वैशाख १५ गतेदेखि सुरुआत हुने भएको छ । 

खुला मेयर कप फुटबल वैशाख १५ देखि

गोदावरी नगरपालिकाद्वारा गोदावरी–१० स्थित खेलमैदानमा आयोजना हुने सो प्रतियोगितामा काठमाडौँको नौ स्थानीय तहको नौ, ललितपुरको चार स्थानीय तहको पाँच र भक्तपुरको एक स्थानीय तहबाट एक टोली सहभागिता रहनेछ ।

प्रतियोगिताका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा विजेता र उपविजेता टोलीले नगद पुरस्कार क्रमश पाँच लाख, तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

साथै अनुशासित टोलीलाई रु ५० हजार ‘म्यान अफ दी म्याच’ लाई रु ५० हजारका साथै उत्कृष्ट गोलकिपर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता प्रशिक्षकलाई रु २५ हजार नगद पुरस्कार प्रदान गरिने जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन नगरमा खेल पर्यटनको विकास गर्न प्रतियोगिता आयोजना गरिएको बताए । सो अवसरमा नगर प्रवक्ता मिलन सिलवाल र प्रतियोगिता संयोजक निरोज बज्राचार्यले प्रतियोगिताका बारेमा जानकारी दिए । प्रतियोगिताका लागि गोदावरी नगरपालिकाले रु २५ लाख बजेट विनियोजन गरेको बताइएको छ ।

प्रकाशित : वैशाख १०, २०८१ २०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?