१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७८

सिटिजन्स बैंक टेनिस : प्रदीप र आयुशमान विजयी

काठमाडौँ — राष्ट्रिय च्याम्पियन प्रदीप खड्का र आयुशमान घलेले १० औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा सोमबार जित पाएका छन् । प्रदीपले बोरिस अधिकारीलाई ६–२, ६–१ र आयुशमानले देव आशिष रेउलेलाई ६–१, ६–१ को सोझो सेटमा हराए ।

सिटिजन्स बैंक टेनिस : प्रदीप र आयुशमान विजयी

आर्यन गिरीले सविन श्रेष्ठलाई ६–०, ६–० ले, प्रणव खनालले निहालजंग थापालाई ६–३, ४–६, ६–४ ले, निशान श्रेष्ठले प्रसिद्ध मोक्तानलाई ६–२, ६–१ ले, प्रणव मानन्धरले गोविन्द नेपालीलाई ७–५, ६–१, आशिष खड्काले दर्शिल श्रेष्ठलाई ६–३, ६–२ ले र ऋतिक राणाले प्रितम परियारलाई ६–१, ६–२ को सेटमा हराए ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियार, दावा सोनाम शेर्पा, भीष्मजंग गुरुङ, सीमान्त गुरुङ, अनिल साई, प्रवेश पन्त, इलम दीक्षित र सन्तोष खत्रीले जित रचे । ६५ वर्षमाथि पुरुष सिंगल्समा ध्रुव गुरुङ, धीरबहादुर गुरुङ र कर्मा घलेले जित पाए ।

प्रकाशित : वैशाख १०, २०८१ २१:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?