१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२१

एथलेटिक्स टोली दुबईतर्फ

काठमाडौँ — एसियाली यु–२० एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली सोमबार दुबई जाँदै छ । वैशाख १२ देखि १५ गतेसम्म हुने प्रतियोगितामा ३ पुरुष र १ महिला गरी ४ खेलाडीले नेपालबाट प्रतिस्पर्धा गर्नेछन् ।

पुरुषतर्फ ८ सय र १ हजार ५ सय मिटर दौडमा बादल कार्की, १ सय र २ सय मिटर दौडमा आदेशकुमार यादव तथा १ हजार ५ सय र ३ हजार मिटर दौडमा अजय विकले प्रतिस्पर्धा गर्नेछन् । महिला १ हजार ५ सय र ३ हजार मिटर दौडमा कल्पना बुढा सहभागी हुनेछिन् । चारै खेलाडी बिहीबार सम्पन्न १४ औं राष्ट्रपति रनिङ सिल्डका पदक विजेता हुन् ।

प्रशिक्षक एथलेटिक्सकी मुख्य प्रशिक्षक कान्ति महतो रहेकी छन् । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले आइतबार बिदाइ गरे ।

प्रकाशित : वैशाख १०, २०८१ ०६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?