१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३२

नेपाल पौडी संघको अध्यक्षमा श्रेष्ठ

रासस

काठमाडौँ — नेपाल पौडी संघको पाँचौँ राष्ट्रिय अधिवेशनबाट जगतमान श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् ।

नेपाल पौडी संघको अध्यक्षमा श्रेष्ठ

वरिष्ठ उपाध्यक्षमा जयप्रकाश भट्टराई, उपाध्यक्षमा क्रमशः जुनाकुमारी कडायत, चित्रराज भट्ट, उमेश प्रधान निर्वाचित भए । त्यस्तै महासचिवमा ईश्वर कार्की, सचिवमा क्रमशः रञ्जन भट्टराई, गङ्गालाल गोले निर्वाचित भए भने कोषाध्यक्षमा दिलीप वैद्य, सहकोषाध्यक्षमा योगेन्द्रमान श्रेष्ठ निर्वाचित भएका छन् ।

सदस्यमा दीपकसागर सिंह, विकास शर्मा, कुमार गिरी, गंगालाल सिंगार, डम्बरबहादुर तामाङ, भरत तामाङ, विष्णुप्रसाद न्यौपाने, पञ्चा सिंह, टेकबहादुर थापा, जनक थापा, रुपेशमान सिंह, हरेन्द्र यादव, अनिश महर्जन तथा शिरिष गरूङ निर्वाचित भएका छन् ।

यससँगै नेपाल पौडी संघमा अशोकरत्न बज्राचार्यको कार्यसमितिको ४२ वर्षदेखिको विरासत तोडिएको छ ।

प्रकाशित : वैशाख ८, २०८१ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?