१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०१

ग्रान्ड मास्टरलाई एनटीएको सम्मान

काठमाडौँ — नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) र सुन्दरीमाई तेक्वान्दो डोजाङ नेपालले बिहीबार तेक्वान्दोका ग्रान्ड मास्टर दिवाकर महर्जनलाई सम्मान गरेको छ । नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष तथा अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले महर्जनलाई सम्मान प्रदान गरे ।

ग्रान्ड मास्टरलाई एनटीएको सम्मान

नेपाली तेक्वान्दो खेलको प्रवर्द्धन र विकासमा निरन्तर योगदान दिएको कदरस्वरुप ग्रान्ड मास्टर महर्जनलाई सम्मान गरिएको एनटीएले जनाएको छ । करिब तीन दशकदेखि महर्जन अमेरिकामा रहेका छन् ।

ग्रान्डमास्टर महर्जनले आफ्नो जीवननै तेक्वान्दोमा समर्पित भएकाले नेपाली तेक्वान्दो र खेलाडीलाई निरन्तर सहयोग गरिरहने प्रतिवद्धता जनाए ।

दोहोरो आठौं डान प्राप्त महर्जनले अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) गराउँदै आएका छन् । आईओएफटीसी र्प्रत्येक दुई वर्षमा विभिन्न देशमा आयोजना हुने गरेको छ ।

यसपालि दक्षिण कोरियाको सोलमा हुने १४ औं आईओएफटीसीमा नेपालका ६ खेलाडी छानिसकेका छन् । उक्त खेलाडी छनोटका लागि आयोजित फ्रेन्डसिप खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि महर्जन नेपाल आएका हुन् ।

प्रकाशित : वैशाख ६, २०८१ २१:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?