२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

गणेशमान सिंह क्रिकेटमा लुम्बिनी र गण्डकी विजयी

काठमाडौँ — लुम्बिनी र गण्डकी प्रदेशले वीर गणेशमान सिंह कप पुरुष राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार जित पाएका छन् । लुम्बिनीले कर्णाली प्रदेशलाई ७ विकेटले गरेको छ । टोलीको यो दोस्रो जित हो ।

गणेशमान सिंह क्रिकेटमा लुम्बिनी र गण्डकी विजयी

मुलपानी मैदानमा टस जितेको कर्णालीले १६.४ ओभरमा सबै विकेट गुमाई ८१ रन बनाउन सक्यो । कर्णालीका अर्जुन घर्तीले २८ रन बनाउनुबाहेक अन्य ब्याटरले योगदान दिन सकेनन् । लुम्बिनीका देव खनाल, अभिषेक गौतम र वीर घर्तीले २–२ विकेट लिए ।

जवाफमा लुम्बिनीले ८२ रनको सामान्य लक्ष्य १२.२ ओभरमा ३ विकेट गुमाएर पार गर्‍यो । प्लेयर अफ द म्याच कप्तान देव खनालले अविजित ५१ रन बनाए ।

पहिलो जित दर्ता गर्ने क्रममा गण्डकीले मधेश प्रदेशमाथि ८ विकेटको जित रच्यो । टस जितेको मधेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०२ रन मात्र बनाउन सक्यो । विशाल सुस्लिङले २४, विशाल पटेलले २२, मयन यादवले १८ र प्रदीप पासवानले १४ रन जोडे । गण्डकीका कप्तान विपिन खत्रीले सर्वाधिक ४ तथा सुवास भण्डारीले २ विकेट लिए ।

जवाफमा गण्डकी प्रदेशले १०३ रनको लक्ष्य १६.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । अर्जुन कुमालले अविजित ४९ र ईश्वर क्षेत्रीले ३२ रन बनाए । प्लेयर अफ द म्याच गण्डकीका कप्तान विपिन खत्री चुनिए । शुक्रबार वाग्मती र कोशी प्रदेश तथा सुदूरपश्चिम र कर्णाली प्रदेश भिड्ने आयोजक वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले जनाएको छ ।

प्रकाशित : वैशाख ६, २०८१ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?