मैले विश्वासको मत पाउँदैन कि भनेर चिन्ता लिनुपर्दैन : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले चौँथो पटक पनि आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले चौँथो पटक पनि आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताएका छन् ।
सत्तारुढ नेकपा (एमाले)ले संसद्लाई मुठभेडमा लैजानका लागि प्रमुख प्रतिपक्ष कांग्रेस लागिपरेको आरोप लगाएको छ । प्रमुख प्रतिपक्ष कांग्रेसले सहकारीको बचत रकम अपचलन गरेको आरोप रास्वपा सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई लगाउँदै संसद् अवरुद्ध गरिरहेको सन्दर्भमा एमालेले त्यस्तो अभिव्यक्ति दिएको हो ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समस्या समाधानमा लाग्न सरकारसँग आग्रह गरेका छन् ।
बर्दियामा शनिबार अत्यधिक गर्मी र तातो लु चलेपछि जनजीवन प्रभावित भएको छ । जिल्लाको दिउँसोको तापक्रम ४२ डिग्री पुगेको छ ।
शीर्ष नेताहरुको बैठकमा सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउने सहमति जुटेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा शनिबार साँझ बसेको नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायतका शीर्ष नेताहरुको बैठकमा उक्त सहमति जुटेको हो ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले सहकारी छानबिनसम्बन्धी व्यक्ति केन्द्रित संसदीय समिति गठन हुन नसक्ने बताएका छन् ।
अघिल्लो साता कोशीमा मुख्यमन्त्री नियुक्त भएका हिक्मतकुमार कार्कीले शुक्रबार मन्त्रीमण्डल विस्तार गर्दा बन्दना झाँगड पनि राज्यमन्त्री बनिन् । उनले अल्पसंख्यक झाँगड समुदायबाट पहिलोपटक मन्त्रीको रुपमा इतिहास रचेकी छन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा तमासा भइरहेको बताएका छन् । शनिवार नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रिय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
सहकारीको बचत रकम ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गरिरहेको प्रमुख प्रतिपक्ष कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालसँग शनिबार बिहान छलफल गरेको छ ।