२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

'कान्तिपुरका अध्यक्षविरुद्धको पक्राउ पुर्जी लोकतन्त्रमाथिकै प्रहार'

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि सत्ता–शक्ति आडमा पक्राउ पुर्जी लिइएको भन्दै आपत्ति जनाएका छन् । सिरोहियाविरुद्ध जारी पक्राउ पुर्जी प्रेसमाथिको प्रहार मात्र नभएर  प्रजातन्त्र/लोकतन्त्रमाथिकै आक्रमण भएको कांग्रेस नेताहरूले बताएका छन् ।

चारवटै सुरक्षा निकायका प्रमुख र १३ जिल्ला प्रजिअ हेटौंडामा

प्रदेशको सुरक्षा समन्वय समिति बैठकमा सहभागी हुन चारवटै सुरक्षा निकायका प्रमुख र १३ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी हेटौंडामा भेला भएका छन् । हेटौंडा–२ स्थित होटल एभोकाडोमा दिउँसो ३ बजेबाट सुरु हुने वाग्मती प्रदेशस्तरीय सुरक्षा समन्वय समितिको वैठकको उद्घाटन मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गर्ने भएका छन् ।

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । धनुषा जिल्ला प्रहरीमा परेको उजुरीबारे कुनै सोधपुछ नै नगरी पक्राउ पुर्जी जारी गरिएको अध्यक्ष सिरोहियाले जानकारी दिएका छन् ।

राष्ट्रिय सभामा कांग्रेसको अवरोध कायमै : राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित 

प्रमुख प्रतिपक्ष दल कांग्रेसको अवरोधकाबीच राष्ट्रिय सभाबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित भएको छ । 

कान्तिपुरको समाचार रोक्न र ब्ल्याकमेलिङ गर्न पक्राउ पुर्जी जारी गरियो : अध्यक्ष सिरोहिया

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा कुनै पनि अवस्थामा सम्झौता नगर्ने बताएका छन् । व्यक्तिगत रूपमा आफूले हरेक मूल्य चुकाए पनि कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता गर्न तयार नरहेको उनको भनाइ छ । कान्तिपुरको समाचार रोक्न र ब्ल्यामेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न आफूमाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको उल्लेख गर्दै सहकारी ठगीलगायतका बेथितिविरुद्धका समाचार प्रकाशनमा एक इन्च पनि पछि नहट्ने दृृढता व्यक्त गरेका छन् ।

कांग्रेस नेताहरूमाथि लगाएका आरोप पुष्टि गर्न गृहमन्त्रीलाई सांसद पाण्डेको चुनौती

कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आफूहरूमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद बद्रीप्रसाद पाण्डेले गृहमन्त्री लामिछानेलाई कांग्रेस सभापति र उपसभापतिमाथि छानबिन गर्न चुनौती दिएका हुन् ।

विपक्षी दलको नाराबाजी र अवरोधबीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

विपक्षी दलहरूको अवरोधका बीच सत्ता पक्षले संसद्‍बाट राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पास गराएको छ । प्रमुख प्रतिपक्ष दल कांग्रेसले नाराबाजीसहित वेल घेरिरहेका बेला सभामुख देवराज घिमिरेले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव सदनमा निर्णयार्थ पेस गरेका हुन् ।

संसद्को गतिरोध अन्त्य गर्न कांग्रेसलाई अध्यक्ष ओलीको आग्रह

नेपाल कम्युनिष्ट पार्टी(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद्को गतिरोध अन्त्य गर्न नेपाली कांग्रेससँग आग्रह गरेका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले देशको पुरानो पार्टी कांग्रेसलाई नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने भएकाले सदनको गतिरोध अन्त्यका लागि आग्रह गरे । उनले भने, 'नेपाली कांग्रेसले आफूलाई परिवर्तन गर्नुपर्छ ।'

संसदीय छानबिन समितिको क्षेत्राधिकारबारे जुटेन कार्यदलमा सहमति

सहकारीको रकम हिनामिनाको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन बसेको बैठक बिनानिष्कर्ष सकिएको छ । मंगलबार सिंहदरबारमा बसेको कार्यदलको बैठकले पनि कार्यादेशको टुंगो लगाउन नसकेको हो । 

एमालेसँगको एकताबारे माधव नेपालले भने– ‘नजाने गाउँको बाटो किन सोध्नु ?’

नेकपा(एस)का अध्यक्ष माधवकुमार नेपालले एमालेसँग पार्टी एकताको अवस्था नरहेको बताएका छन् । उनले आफ्नो नेतृत्वको दलमा ‘केही अप्ठ्यारा’ रहेपनि कसैसँग एकता गरेर जाने अवस्था भने नरहेको बताए । 

कार्यदलको बैठक : छानबिन समितिमा नाम किटान गर्नु नहुने सत्ता पक्षको जोड, मागबाट पछि नहट्ने कांग्रेसको अडान

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दुवै लचिलो भएर सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि संसदीय छानबिन समिति बनाउनुपर्ने बताएका छन् ।

संसदीय छानबिन समितिको क्षेत्राधिकार टुंगो लगाउन कार्यदलको बैठक जारी

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको क्षेत्राधिकारको टुंगो लगाउन अहिले कार्यदलको बैठक बसिरहेको छ । बस्ने भएको छ । मंगलबार बिहान कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यदलको बैठक बसेको हो । सत्ता पक्ष र प्रतिपक्षबीच टकराव बढिरहेका बेला फेरि एकपल्ट सहमति खोज्ने प्रयास गरिएको हो । 

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
जाहेरी फिर्ता लिन बलात्कारपीडितलाई दबाब

जाहेरी फिर्ता लिन बलात्कारपीडितलाई दबाब

पर्वत पोर्तेल

गत वैशाख २१ मा सुनामिका (नाम परिवर्तन) कक्षा १२ को परीक्षा दिएर परीक्षा सेन्टरबाट बाहिरिँदै थिइन् । त्यहाँबाट किशोरीको डेराको दूरी ५ मिनेट मात्रै थियो । यहीबीच दमक नगरपालिका–५ को ज्येष्ठ नागरिक भवनअघिल्तिरको व्यस्त सडकमा उनीमाथि गोली प्रहार भयो । घटनापछि सबैको एउटै जिज्ञासा थियो, ‘किशोरीको ज्यान लिन खोज्नुका पछाडि के त्यस्तो कारण होला ?’

लोक सेवा सदनको जग्गा ४३ वर्षपछि सरकारको स्वामित्वमा

लोक सेवा सदनको जग्गा ४३ वर्षपछि सरकारको स्वामित्वमा

रासस

त्रिचालीस वर्षदेखि निष्क्रिय रहेको लोक सेवा सदनको करोडौँ मूल्य पर्ने गौरीगञ्जस्थित ११ बिगाहा जग्गा नेपाल सरकारको स्वामित्वमा कायम गरिएको छ ।

काठजन्य निकासीमा राजश्व छली र कमिसन लिएको आरोप 

काठजन्य निकासीमा राजश्व छली र कमिसन लिएको आरोप 

डम्बरसिं राई

वन कर्मचारी र व्यवसायीको मिलेमतोमा जिल्लाबाट काठजन्य वस्तु निकासीमा राजश्व छली र माटो रकम कमिसन लेनदेन हुने गरेको खुलासा छ । खयर, उत्तिस, सल्लालगायत काठजन्य वस्तु निकासीमा राजश्व छलीका साथै कर्मचारीलाई कमिसन दिनुपर्ने काठ तथा वन पैदावार व्यवसायीहरूको आरोप छ ।

राष्ट्रव्यापी खुला गायन प्रतियोगिताको प्रथम पुरस्कार विश्वकर्मालाई 

राष्ट्रव्यापी खुला गायन प्रतियोगिताको प्रथम पुरस्कार विश्वकर्मालाई 

डम्बरसिं राई

आइतबार सम्पन्न १८ वर्षमुनिका राष्ट्रव्यापी खुला गायन प्रतियोगितामा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ का मिलन विश्वकर्मा प्रथम भएका छन् ।

अरुण तेश्रोमा राष्ट्रिय मानव अधिकार आयोगको चासो

अरुण तेश्रोमा राष्ट्रिय मानव अधिकार आयोगको चासो

दीपेन्द्र शाक्य

निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेश्रो जलविद्युत आयोजनाका मुआब्जा पीडितले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी गरेपछि आयोगले चासो देखाएको छ ।

दमकमा गोली प्रहारबाट घाइते किशोरीलाई उपचार खर्च अभाव, अस्पतालबाट डिस्चार्ज हुन सकिनन्

दमकमा गोली प्रहारबाट घाइते किशोरीलाई उपचार खर्च अभाव, अस्पतालबाट डिस्चार्ज हुन सकिनन्

कान्तिपुर संवाददाता

गत वैशाख २१ मा  दमकमा गोली प्रहारबाट गम्भीर घाइते भएकी किशोरी खर्च अभावले अस्पताल बाट डिस्चार्ज हुनै सकेकी छैनन् । 

कोशी बाट थप
बाराको सीमा नाका बन्द रहने

बाराको सीमा नाका बन्द रहने

लक्ष्मी साह

भारतको बिहार राज्यको पश्चिमी चम्पारण जिल्लामा आउँदो जेठ १२ (२५ मे) मा हुन लागेको लोकसभा चुनावको लागि बारास्थित ६२ किमी लामो खुला सीमा नाका तीन दिनका लागि बन्द रहने भएको छ ।

भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन

भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन

रासस

भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको छ । भारतमा जारी लोकसभा निर्वाचनका सन्दर्भमा उक्त सेवा बन्द भएको थियो ।

पालिका अध्यक्षले कागज गरी जमानत बसेपछि मात्र अस्पतालले दियो शव

पालिका अध्यक्षले कागज गरी जमानत बसेपछि मात्र अस्पतालले दियो शव

अवधेशकुमार झा

उपचारमा लागेको खर्चको बक्यौता जेठ १८ गतेभित्र दिने भन्दै पालिका अध्यक्षले कागज गर्दै चेक दिएपछि मात्र अस्पतालले ५ दिनपछि शव दिएको छ । विराटनगरस्थित विराट नर्सिङ होमले गत जेठ ३ गते मृत्यु भएकी सप्तरीको बलानबिहुल गाउँपालिका–२ का उमेश रामकी श्रीमती ४२ वर्षीया श्यामाकुमारी रामको शव मंगलबार बिहान परिवारलाई दिएको हो । 

आधा दर्जन मुद्दाका फरार आरोपित प्रेम गिरी पक्राउ

आधा दर्जन मुद्दाका फरार आरोपित प्रेम गिरी पक्राउ

शंकर आचार्य

हत्या, डकैती लगायतका जघन्य प्रकृतिका आधा दर्जन मुद्दाका फरार कुख्यात अपराधी प्रेम गिरीलाई पर्सा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

लागुऔषध गाँजासहित एक व्यक्ति पक्राउ 

लागुऔषध गाँजासहित एक व्यक्ति पक्राउ 

सुनिता बराल

महोत्तरीबाट लागुऔषध गाँजासहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही रघुनाथ घर भएका २१ वर्षीय चन्दन यादव रहेका महोत्तरी प्रहरीले जनाएको छ ।

उपचारको पैसा तिर्न नसक्दा दलित महिलाको शव अस्पतालमै बन्धक

उपचारको पैसा तिर्न नसक्दा दलित महिलाको शव अस्पतालमै बन्धक

अवधेशकुमार झा

विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएकी सप्तरीकी एक दलित महिलाको शव अस्पतालको बिल तिर्न नसक्दा बन्धक बनेको छ । जेठ ३ गते मृत्यु भएकी सप्तरीको बलानबिहुल गाउँपालिका–२ का उमेश रामकी श्रीमती ४२ वर्षीया श्यामाकुमारी रामको शव उपचार खर्च नबुझाउन नसक्दा अस्पतालमै राखिएको हो ।

मधेस बाट थप
मरेकाे गैँडाकाे खाग झिकेर बेच्न खाेज्ने ६ जना पक्राउ

मरेकाे गैँडाकाे खाग झिकेर बेच्न खाेज्ने ६ जना पक्राउ

रमेशकुमार पौडेल

दुर्लभ वन्यजन्तु एकसिंगे गैँडाकाे खाग किनबेच गरेकाे आराेेपमा चितवन राष्ट्रिय निकुञ्जकाे टाेलीले ६ जनालाई पक्राउ गरेको छ । घाँस दाउरा गर्न जंगल गएका बेला मरेर सडेगलेकाे अवस्थामा भेटिएकाे गैँडाकाे खाग झिकेर राखेकाे लामाे समयपछि बिक्री गर्ने क्रममा उनीहरू समातिएका हुन् ।

 माइक्रोबस र टिपर ठोक्किँदा १३ यात्रु घाइते, दुईको अवस्था गम्भीर

 माइक्रोबस र टिपर ठोक्किँदा १३ यात्रु घाइते, दुईको अवस्था गम्भीर

रासस

माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा १३ यात्रु घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मुग्लिनबाट काठमाडौँतर्फ गइरहेको बा३ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेको बा४ख ६४१७ नम्बरको टिपर पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४  कुरिनटारमा आज बिहान एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना घाइते भएका हुन् ।

कहिले बनिसक्छ सूर्यविनायक-धुलिखेल सडक खण्ड ?

कहिले बनिसक्छ सूर्यविनायक-धुलिखेल सडक खण्ड ?

ज्योती श्रेष्ठ

एक वर्षअघि सुरु गरिएको भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको साँगासम्म ७.५ किमि सडक खण्डमा १८.२५ प्रतिशत र काभ्रेको साँगादेखि धुलिखेलसम्मको ८.४ किमि सडकको २५.६५ प्रतिशत प्रगति भएको छ ।

वाग्मतीमा संसदीय समितिका सभापतिले लिए शपथ

वाग्मतीमा संसदीय समितिका सभापतिले लिए शपथ

सुवास विडारी

वाग्मती प्रदेशमा संसदीय समितिका सभापतिहरुले सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

६७ वर्षीया अपांगता भएकी महिलालाई घरमै पुगेर नागरिकता वितरण

६७ वर्षीया अपांगता भएकी महिलालाई घरमै पुगेर नागरिकता वितरण

प्रताप विष्ट

घरमै नागरिकता पाउँदा गोमा भुजेलको अनुहार हसिलो थियो । ६७ वर्ष पार गर्न लागिसक्दा पनि उनले नागरिकता पाउन सकेकी थिइनन् । कान नसुन्ने, बोल्न नसक्ने र दुवै खुट्टा दरोसंग टेक्न नसक्ने भुजेललाई जिल्ला प्रशासन कार्यालयको टोलीले शनिवार घरमै पुगेर नागरिकता प्रदान प्रदान गरेको हो । 

पाँच वटा चोरीको मोटरसाइकलसहित ६ जना पक्राउ  

पाँच वटा चोरीको मोटरसाइकलसहित ६ जना पक्राउ  

प्रताप विष्ट

चोरी गरिएका पाँच वटा मोटरसाइकलसहित ६ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय  मकवानपुर र मातहतका कार्यालयहरुको संयुक्त टोलीले चोरी गरिएका पाँच वटा मोटरसाईकलसहित ६ जनालाई पक्राउ गरेको हो ।

वाग्मती बाट थप
लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण

लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण

रासस

गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित नाम्डोक खोलामा पुल निर्माण भएको छ ।

संरक्षकविहीन बालबालिकालाई छात्राबास सुविधा

संरक्षकविहीन बालबालिकालाई छात्राबास सुविधा

हरिराम उप्रेती

बारपाक सुलिकोट गाउँपालिकाले संरक्षक (अभिभावक) नभएका र अशक्त भएका बालबालिकालाई नि:शुल्क छात्रावास उपलब्ध गराएको छ । नयाँ शैक्षिक सत्रको सुरुवातमै अभिभावक नभएका र आमाबुवा अपांगता भएका बालबालिकालाई लक्षित गरेर बारपाक सुलिकोट गाउँपालिका–६ वाहकोटस्थित मनास्लु आधारभूत विद्यालयको भवनमा छात्रावास सेवा सुरु गरिएको हो ।

नवलपुरमा जिल्ला लिग फुटबल सुरु

नवलपुरमा जिल्ला लिग फुटबल सुरु

नवीन पौडेल

पुर्वी नवलपरासीमा ‘चौँथो नवलपुर जिल्ला लिग फुटबल प्रतियोगिता-२०८१’ सुरु भएको छ ।

लोकमार्गमा मापदण्ड विपरीत पेट्रोल पम्प

लोकमार्गमा मापदण्ड विपरीत पेट्रोल पम्प

प्रकाश बराल

नेपाल आयल निगमले ‘पेट्रोलियम पदार्थ बिक्रेता नियमावली २०७५ ल्याएको ६ वर्ष काट्यो । मापदण्डमा राजमार्ग भए १० कठ्ठा जमिन हुनुपर्ने, राजमार्गदेखि पम्पसम्मको दुरी कम्तिमा ५० मिटर हुनुपर्ने व्यवस्था छ । ग्रामीण सडक भए पनि ३४ मिटर नजिक पम्प बनाउन पाइने छैन । तर यहाँको गलकोट नगरपालिका–३ को खल्ले खोलानजिकै मध्यपहाडी लोकमार्गमै जोडेर पेट्रोलपम्प बनाइएको छ ।

दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी

दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी

सम्झना रसाइली

तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा मध्यराति भीषण आगलागी भएको छ । व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका सटरमा गए राति १२:४५ बजेदेखि आगलागी सुरु भएको थियो । 

लमजुङको किसेदी खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

लमजुङको किसेदी खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

आश गुरुङ

लमजुङको दोर्दी गाउँपालिकामा पर्ने किसेदी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एकजना युवकको मृत्यु भएको छ ।

गण्डकी बाट थप
बर्दियामा हावाहुरीले पचास भन्दा बढी घरमा क्षति

बर्दियामा हावाहुरीले पचास भन्दा बढी घरमा क्षति

कमल पन्थी

 बर्दियामा सोमबार बेलुका आएको हुरीले गुलरिया नगरपालिका र बढैयाताल गाउपालिकाका करिब ५० घरधुरीमा क्षति पुगेको छ । हावाहुरीले मानवीय क्षति नपुगेपनि केही पशुचौपाया घाइते भएको प्रहरीले जनाएको छ ।

बजेट निकास नभएपछि ठेकेदार कम्पनीले बबई नदी तटबन्धको काम छोडे

बजेट निकास नभएपछि ठेकेदार कम्पनीले बबई नदी तटबन्धको काम छोडे

कमल पन्थी

बजेट निकासा नहुँदा बर्दियाको बबई नदीमा निर्माणाधीन तटबन्धको काम ठेकेदार कम्पनीले रोकेका छन् । बजेट नभएको जानकारी पाएपछि उधारोमा काम गर्न ठेकेदार कम्पनीले नमानेका कारण उच्च जोखिम मानिएको गुलरियाको पशुहाट,वालापुर,थपुवा र गौरी क्षेत्रको काम रोकिएको छ । 

एमाले दाङको अध्यक्षमा आचार्य निर्वाचित

एमाले दाङको अध्यक्षमा आचार्य निर्वाचित

कान्तिपुर संवाददाता

नेकपा एमाले दाङको अध्यक्षमा शिवकुमार आचार्य निर्वाचित भएका छन् । आइतबार र सोमबार घोराहीमा सम्पन्न १४ औं जिल्ला अधिवेशनले ११९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । 

लुम्बिनीमा स्थानीय सेवाको विधेयक माथि छलफल

लुम्बिनीमा स्थानीय सेवाको विधेयक माथि छलफल

वीरेन्द्र केसी

लुम्बिनी प्रदेशसभामा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमाथि छलफल भएको छ ।

तिलोत्तमामा सूचना र आपतकालीन कार्य संचालन केन्द्र स्थापना

तिलोत्तमामा सूचना र आपतकालीन कार्य संचालन केन्द्र स्थापना

कान्तिपुर संवाददाता

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा तिलोत्तमा सूचना केन्द्र र स्थानीय आपतकालीन कार्य संचालन केन्द्र स्थापना गरिएको छ । नगरपालिकाको सही सूचना सहजै उपलब्ध गराउने उद्देश्यले सूचना केन्द्रको स्थापना गरिएको हो भने एक्कासी आइपर्ने विपद् न्यूनीकरणको कार्यमा तत्पर रहन आपतकालीन संचालन कार्य केन्द्र निर्माण गरिरएको हो ।

एमाले बाँकेको अध्यक्षमा गुरुङ

एमाले बाँकेको अध्यक्षमा गुरुङ

रुपा गहतराज

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँकेको अध्यक्षमा नीरक गुरुङ विजयी भएका छन् । नयाँ कार्यसमितिका लागि आइतबार भएको निर्वाचनको आज विहान सार्वजनिक मतपरिणामअनुसार गुरुङले दुई सय ९१ मत प्राप्त गर्दा प्रत्यासी डिल्ली बिसीले एक सय ५४ मत पाए । 

लुम्बिनी बाट थप
सुर्खेत बस दुर्घटना : मृतक दुई जनाको सनाखत 

सुर्खेत बस दुर्घटना : मृतक दुई जनाको सनाखत 

तृप्ति शाही

सोमबार दिउँसो सुर्खेतको वीरेन्द्रनगर नगरपालिका - ७ को कटकुवा नजिकै मिनी बस दुर्घटनामा परी मृत्यु भएका दुवै जनाको सनाखत भएको छ । 

सुर्खेतमा मिनी बस दुर्घटना, २ जनाको मृत्यु 

सुर्खेतमा मिनी बस दुर्घटना, २ जनाको मृत्यु 

तृप्ति शाही, ज्योति कटुवाल

सोमबार दिउँसो सुर्खेतको वीरेन्द्रनगर नगरपालिका - ७ को कटकुवा नजिकै मिनी बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मुक्त हलियाका लागि बनेका ३२ घर ९ वर्षदेखि रित्तै

मुक्त हलियाका लागि बनेका ३२ घर ९ वर्षदेखि रित्तै

ज्योति कटुवाल

२०७२ सालमा नेपाल सरकारले गुर्भाकोट नगरपालिका वडा –१३ गुमीमा मुक्त हलियाका लागि ३२ वटा घर निर्माण गर्‍यो । भेरीगंगा नरपालिकामा बस्दै आएका मुक्त हलियाहरुका लागि राज्यले गुर्भाकोटमा जग्गा खरिद गरेर घर बनायो । १ करोड ३६ लाख खर्च गरेर निर्माण गरेका घर भने हलियाहरु बसेनन् । ९ वर्षदेखि घर रित्तै छन् । 

तीन वर्षदेखि सल्यान जिल्ला अस्पतालमा थन्कियो भेन्टिलेटर

तीन वर्षदेखि सल्यान जिल्ला अस्पतालमा थन्कियो भेन्टिलेटर

विप्लव महर्जन

दक्ष जनशक्ति व्यवस्थापन हुन नसक्दा जिल्ला अस्पतालमा एक करोड बढी खर्चेर किनेको भेन्टिलेटर मेसिन तीन वर्षदेखि थन्किएको छ । कर्णाली प्रदेश सरकारले भेन्टिलेटर सञ्चालनका लागि तालिम प्राप्त दक्ष डाक्टर, स्वास्थ्यकर्मी व्यवस्थापन नगर्दा तीन वर्षदेखि सेवा सञ्चालन गर्न नसकिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढामगरले बताए ।

बबईमा डुबेर दुई जनाको मृत्यु 

बबईमा डुबेर दुई जनाको मृत्यु 

विप्लव महर्जन

बबई नदीमा डुबेर सल्यानमा दुई जनाको मृत्यु भएको छ । घरनजिकैको बबई नदिमा माछा मार्न गएका कालिमाटी गाउँपालिका–७ थरिटोलका ३६ वर्षीय दिलबहादुर कार्की र ४ वर्षीय सुवास परियारको मृत्यु भएको छ ।

अर्गानिक तरकारी उब्जाइरहेको घोडासिन

अर्गानिक तरकारी उब्जाइरहेको घोडासिन

डीबी बुढा

पातारासी–६ घोडासिनकी माया थापा तरकारी खेतीमा जमेकी छन् । उनी एकाबिहानै बारीमा गएर सिँचाइ गर्नेदेखि गोडमेलमा ब्यस्त हुने गरेकी छन् । यतिबेला उनको बारीमा साग, गाजर, मुला, काक्रो, काउली, बन्दा, आलु, फर्सी र सिमी हुर्किरहेका छन् । मायाले तरकारी बेचेर वार्षिक एक लाख रुपैयाॅ कमाउॅछिन् । उनले भनिन्,‘बजारको व्यवस्था नहुँदा सास्ती त छ नै तर तरकारीले नै खर्च चलिरहेको छ ।’

कर्णाली बाट थप
जग्गा विवादले अल्झियो विमानस्थल निर्माण

जग्गा विवादले अल्झियो विमानस्थल निर्माण

भवानी भट्ट

मझगाउँ विमानस्थल निर्माणको काम सुरु भएको अढाइ वर्ष भयो । विमानस्थलको रन वेदेखि, ट्याक्सी वे, एप्रोन र टर्न प्याडलगायतको निर्माण पनि भइरहेको छ । तर अझै पनि निर्माणस्थलको जग्गाको विवाद भने टुगिंएको छैन । उक्त जग्गाको भोगाधिकार लिन नसक्दा निर्माण कार्य नै प्रभावित हुने देखिएको छ ।

द्वन्द्वमा लालपुर्जा गुमाएकाले अझै पाउन सकेनन्

द्वन्द्वमा लालपुर्जा गुमाएकाले अझै पाउन सकेनन्

मेनुका ढुंगाना

अछाममा पुस्तौंदेखि जग्गा भोगचलन गरिरहे पनि घरजग्गाको स्वामित्व नभएका र लालपुर्जा पाउन नसकेकाहरुको संख्या अझै पनि धेरै रहेको छ ।

महाकालीमा बेपत्ता किशोरको शव भेटियो

महाकालीमा बेपत्ता किशोरको शव भेटियो

भवानी भट्ट

महाकाली नदीमा पौडी खेल्दा बेपत्ता भएका किशोरको शव भेटिएको छ ।

बाजुरा एमाले अध्यक्षमा ओली विजयी

बाजुरा एमाले अध्यक्षमा ओली विजयी

अर्जुन शाह

नेकपा एमालेको बाजुरा जिल्ला कमिटीको अध्यक्षमा लालबहादुर ओली विजयी भएका छन् । अध्यक्षका पदका प्रतिस्पर्धी उम्मेदवार भरत थापालाई ओलीले १५ मतले पराजित गरेका हुन् । ओलीले कुल ४२५ खसेका मतमा २१८ मत प्राप्त गरेका छन् भने थापाले २०३ मत पाएका छन् ।

कापी किताबसँगै दाउराको भारी

कापी किताबसँगै दाउराको भारी

मेनुका ढुंगाना

मंगलसेन नगरपालिका–५ की १४ वर्षीया मनिसा भाट कक्षा ६ मा पढ्छिन् । ८ वर्षको उमेरमा विद्यालय भर्ना भएकी उनी अहिले पनि नियमित विद्यालय जान पाउँदिनन् । घरको कमजोर आर्थिक अवस्थाको असर मनिसामा पनि परेको छ । उनका ७ जना भाइबहिनी छन् । विद्यालयको शुल्क, शैक्षिक सामग्री किन्न सक्ने अवस्था नभएपछि उनको १६ वर्षीय दाजु ८ कक्षा पूरा नगरी कामको खोजीमा भारत गए । घरमा भएका ६ भाइबहिनीलाई परिवारले नियमित विद्यालय पढाउन सक्ने अवस्था छैन ।

सुदूरपश्चिमको योजना आयोगको उपाध्यक्षमा बिके नियुक्त

सुदूरपश्चिमको योजना आयोगको उपाध्यक्षमा बिके नियुक्त

अर्जुन शाह

सुदूरपश्चिमको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गणेश बिके नियुक्त भएका छन् । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बिकेलाई आइतबार पद तथा गोपनीयताको शपथ गराएका छन् ।

सुदूरपश्चिम बाट थप

३० हिमालमध्ये सगरमाथा एक्लैको कमाइ झन्डै ८८ प्रतिशत

नेपालका विभिन्न ३० हिमाल आरोहण गर्ने ओरोहीहरूबाट सरकारलाई कुल ६७ करोड ४८ लाख १४ हजार ५ सय १ रुपैयाँ राजश्व प्राप्त भएको छ । कुल रोयल्टीमध्ये सगरमाथा आरोहणबाट प्राप्त रोयल्टीको हिस्सा मात्रै कुल रोयल्टीमा ८७.८१ प्रतिशत छ ।

आईपीएलमा पालो निर्णायक प्लेअफको

विश्वकै सबैभन्दा धनी ट्वान्टी–२० लिग आईपीएल २०२४ मंगलबार प्लेअफमा प्रवेश गर्दै छ । फाइनल पुग्नका लागि हुने पहिलो क्वालिफायरमा आमनेसामने गर्दैछन्, सबैभन्दा महँगा दुई अस्ट्रेलियाली खेलाडी प्याट कमिन्स र मिचेल स्टार्क । 

नवलपुरमा लिग सुरु

पूर्वी नवलपरासीमा चौथो नवलपुर जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको छ । जिल्ला फुटबल संघ नवलपुरले आयोजना गरेको प्रतियोगीतामा जिल्लाका १२ क्लब सहभागी छन् ।

प्रभात र मिस्टी उत्कृष्ट खेलाडी

दसौं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालका खेलाडी प्रभात रोकामगर र मिस्टी श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भएका छन् । दशरथ रंगशालामा भएको प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका र बंगलादेश खेलाडीले भाग लिएका थिए ।

आर्मीका होमलाल र सुनसरीलाई म्याराथन उपाधि

ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा आयोजित खुला म्याराथनको उपाधि आर्मी क्लबका होमलाल श्रेष्ठ र महिला हाफ म्याराथनतर्फको उपाधि आर्मीकै सुनसरी रोकायाले हात पारेका छन् ।

'एक्लो'मा जेमी बेकनसँगै प्रदीप खड्का

बेलायती अभिनेता जेमी बेकनसँगै अभिनेता प्रदीप खड्काले नेपाली अन्तर्राष्ट्रिय साइफाई जोम्बी थ्रिलर 'एक्लो'मा अभिनय गर्दैछन् । खड्काले पहिलो पटक यही फिल्मबाट अन्तर्राष्ट्रिय कलाकारसँग सहकार्य गर्दैछन् । 

सन् १९९१ मा आजकै दिन : राजीव गान्धीको हत्या

सन् १९९१ मा आजकै दिन (मे २१) मा भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्या गरिएको थियो । उनी तामिलनाडुमा आयोजित चुनावी सभामा गराइएको बम विस्फोटमा मारिएका थिए । आक्रमणमा राजीव र आक्रमणकारी धनुसहित १३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ४५ जना गम्भीर घाइते भएका थिए । 

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति र विदेशमन्त्रीको मृत्यु

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ । आइतबार भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रइसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन् । 

इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना : 'कोही जीवित रहेको संकेत देखिएको छैन'

इरानी राष्ट्रपति इब्राहिम रइसी सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । इरानी रेडक्रस सोसाइटीका अनुसार हेलिकप्टरमा सवार राष्ट्रपति रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानलगायत जीवित रहेको संकेत नदेखिएको जनाएको छ । 

इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो

इरानी राष्ट्रपति इब्राहिम रइसी सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको रेडक्रसले जनाएको छ । इरानी रेडक्रस सोसाइटीले उद्धार तथा खोजी टोलीले राष्ट्रपति रइसी सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जनाएको हो ।

सन् २०१८ मा आजकै दिन : भेनेजुयलाको राष्ट्रपतिमा मडुरो 

सन् २०१८ मा आजकै दिन (मे २०) मा भेनेजुयलाको राष्ट्रपतिमा निकोलस मडुरो निर्वाचित भएका थिए । विपक्षी दलहरूले बहिष्कार गरेको चुनावबाट उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । 

फोहोर बोक्ने गाडीका चालक पक्राउ परेपछि मेयर बालेनले भने, 'चालकलाई नछोडेसम्म सिंहदरबारको फोहोर उठ्दैन'

फोहोर बोक्ने चार चालकलाई प्रहरीले पक्राउ गरेको भन्दै काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् । उनीहरुको स-सम्मान रिहाइ नभएसम्म सिंहदबार लगायत राजनीतिक दलका कार्यालय र नेताहरु घरको फोहोर नउठ्ने भनेका छन् ।

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.