कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत
कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले गत बिहीबार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।