जीबी राईलाई अघिल्लो सरकारले भगायो भन्नु बेतुकको कुरा हो : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईलाई अघिल्लाे सरकारले भगायाे भन्नु बेतुककाे कुरा भएकाे बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईलाई अघिल्लाे सरकारले भगायाे भन्नु बेतुककाे कुरा भएकाे बताएका छन् ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले सरकार र राजनीतिक दलहरूको सहयोग बिना विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता लिन नसकिने बताएका छन् ।
प्रमुख प्रतिपक्ष कांग्रेसले संसद् अवरोधको वातावरण सरकारले बनाएको आरोप लगाएको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद्मा जनसरोकारका विषय राख्नबाट सरकारले अवरोध गरिरहेको बताए ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने विषयलाई अन्य विषयसँग सौदाबाजी गर्न नहुने बताएका छन् ।
सुरक्षण मुद्रणका उपकरण खरिदमा अनियमितता गरेको अभियोगमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ सहित ६ जना र कम्पनी उपर भ्रष्टाचार मुद्दा दायर भएको छ ।
यार्सा टिप्न पाटनतर्फ जाँदै गरेका पातारासी गाउँपालिका–३ का २६ वर्षीय सुर्ज रावतको गत बिहीबार लेक लागेर मृत्यु भयो । यार्सा टिपेर पैसा कमाउने लोभले केही दिनअघि मुगुम कार्मारोङ गाउँपालिकाको पाटनतर्फ जाँदै गरेका उनको लेक लागेर बाटोमै ज्यान गएको हो ।
जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । संघीय परिषद् अध्यक्ष अशोककुमार राईले बहुमत सांसदसहित पार्टी विभाजन गरेर बाहिरिएपछि वर्तमान सरकारमा उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री समेत रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव अफ्ठ्यारोमा परेका छन् ।
अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई उत्साहित गर्ने खालको कर र अन्य नीति बनाइने बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको 'कान्तिपुर इकोनमिक समिट-२०२४' अन्तर्गत दोस्रो सत्र प्रि-बजेट वक्तव्यमा अर्थमन्त्री पुनले हचुवाका भरमा कर नीति परिवर्तन नहुने बताएका हुन् ।
नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अर्थतन्त्र शिथिल हुनुमा राष्ट्र बैंकको भूमिका शून्य रहेको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘इकोनोमिक समिट २०२४’ को तेस्रो सत्र ‘गर्भनरलाई प्रश्नैप्रश्न’ मा बोल्दै उनले सो कुरा बताएका हुन् ।
गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले निजी क्षेत्र र विदेशी लगानीकर्ताबीच सेतुका रूपमा रहेका ६० लाख गैरआवासीय नेपालीलाई सरकारले एउटा संस्थाका रूपमा मानेर कम महत्त्व दिएको गुनासो गरेका छन् ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सबै पक्षबाट राम्रा र वास्तविक आयोजनाहरू (ऋणी)ले ऋण पाउन समस्या नभएको बताएका छन् ।
मधेश सरकारबाट नेकपा एमाले पनि बाहिरिएको छ । एमालेबाट प्रदेश सरकारमा सहभागी चार मन्त्री र दुई राज्यमन्त्रीले आइतबार मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष सामूहिक राजीनामा बुझाएका हुन् ।