जेठमा १० बैंकले घटाए निक्षेपको ब्याज
जेठमा पनि निक्षेपको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैंकहरुले सोमबार प्रकाशित गरेको नयाँ ब्याजदर तालिकाअनुसार जेठका लागि बैंकको निक्षेपको ब्याजदर औसतमा ०.१८६ प्रतिशतले घटेको हो ।
जेठमा पनि निक्षेपको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैंकहरुले सोमबार प्रकाशित गरेको नयाँ ब्याजदर तालिकाअनुसार जेठका लागि बैंकको निक्षेपको ब्याजदर औसतमा ०.१८६ प्रतिशतले घटेको हो ।
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपाल स्काउटका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई राजनीतिक दलको सदस्यता त्यागी राजनीतिक गतिविधिमा संलग्न नरहेको घोषणा गर्ननिर्देशन भएका छन् । नेपाल स्काउटका प्रमुख समेत रहेका मन्त्री श्रेष्ठले राजनीतिक संलग्नता पाइए कानुनबमोजिम कारबाही हुने उल्लेख गरेका छन् ।
मुलुकका दुर्गमका स्थानीय तहमा बसोबास गरिरहेका नागरिकहरूका लागि सुपथ मूल्यमा नुन उपलब्ध गराउन संसदीय समितिले निर्देशन दिएको छ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई मुलुकका दुर्गम जिल्लाहरूमा नुन उपलब्ध गराउन निर्देशन दिएको हो ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले गत बिहीबार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
कोलकाता आइसकेको कृषि सामग्री कम्पनीको २० हजार टन डिएपी मल नेपाल भित्रिन अझै एक साता लाग्ने भएको छ । नेपालमा डिएपी मलको चरम अभाव छ । ठेकेदार आदित्य बिरला ग्लोबल ट्रेडिङ्ग (सिङ्गापुर) प्रालिले चीनबाट खरिद गरी ल्याएको डिएपी मल कोलकाता बन्दरगाहमा बैशाख २७ गते नै आइपुगेको हो ।
संसद्को गतिरोध खोल्न प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको मध्यमार्गी प्रस्तावप्रति कांग्रेस सकारात्मक बनेको छ । प्रधानमन्त्री दाहालले कांग्रेस नेताहरुसँग आइतबार राखेको प्रस्तावलाई लिएर आज बिहान बसेको पदाधिकारी बैठकमा छलफल भएको थियो ।
नवगठित जनता समाजवादी पार्टीका उपमहासचिव समेत रहेका सांसद प्रदीप यादवले स्वास्थ्य तथा जनसंख्यामन्त्रीको सपथ लिएका छन् । मन्त्री यादवलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको सपथ गराएका छन् । उनीसँगै राज्यमन्त्रीमा जसपाकी हसिना खानले राज्यमन्त्रीको शपथ लिएकी छन् ।
एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा र प्रदेश सभामा त्रिसङ्कु भएकाले सरकारको स्थिरतामाथि प्रश्न उठेको बताएका छन् । सत्ता समीकरणका प्रमुख नेता प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्टि व्यक्त गर्दै आएका नेपालले राजनीतिक प्रतिवेदनमा यो आशंका गरेका हुन् ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा संसदीय दलका नेता उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र सभामुख देवराज घिमिरेलाई बुझाएका हुन् । पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रतिपक्षमा बस्नेबारे पनि यादवले संसद्लाई जानकारी गराएका छन् ।
जनता समाजवादी पार्टी(जसपा)ले स्वास्थ्यमन्त्रीमा उपमहासचिव प्रदीप यादवलाई सिफारिस गरेको छ । पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई स्वास्थ्यमन्त्रीमा यादव र स्वास्थ्य राज्यमन्त्रीमा हसिना खानको नाम पठाएको महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिए । दुवै जनाले आजै शपथ लिने तयारीसमेत रहेको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले बजार अनुगमनका छ वटा उद्योगमा अनुगमन गर्दा दुई वटामा शिलबन्दी गरेको छ भने चार वटा उद्योग कारबाहीमा परेका छन् । उनीहरुलाई जरिवाना गरी प्रशासनले एक लाख ९० हजार रुपैयाँ असुलेको छ ।
सरकारको नेतृत्व नै आफ्नो पार्टी विभाजनमा लागेको जनता समाजवादी पार्टी, नेपालले आरोप लगाएको छ । जसपा, नेपालका सांसद राजकिशोर यादवले सरकारको नेतृत्व नै पार्टी विभाजनमा लागेको आरोप लगाएका हुन् ।
नेपालको वित्तीय संघीयता मध्यम गतिमा सुधार भएको र उपलब्धिहरूलाई सुदृढ बनाउन थप प्रयत्न आवश्यक रहेको विश्व बैंकले जनाएको छ ।