अर्थतन्त्र सुधारमा प्रमुख दल एकमत

निजी क्षेत्रलाई अनुकूल वातावरण बनाइदिएर अर्थतन्त्र सुधारको पहल गर्नुपर्नेमा प्रमुख राजनीतिक दल एकमत देखिएका छन् । अर्थतन्त्र विकासमा निजी क्षेत्रको योगदान महत्त्वपूर्ण रहेकाले पनि आर्थिक समृद्धिका लागि लगानीमैत्री वातावरण सिर्जनादेखि विकास निर्माणमा हातेमालो गरेर अघि बढ्नुपर्नेमा उनीहरूको जोड छ । मुलुकमा आर्थिक विकास नहुनुमा राजनीतिक अस्थिरता, चरम भ्रष्टाचार, कुशासन मुख्य चुनौती रहेको उनीहरूले औंल्याए । 

सुरक्षण मुद्रणको उपकरण खरिद : विकलसहित ७ विरुद्ध भ्रष्टाचार मुद्दा

सुरक्षण मुद्रण केन्द्रको उपकरण खरिदमा भ्रष्टाचार गरेको अभियोगमा केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित ६ जना र एक कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीहरूमाथि बदनियतपूर्ण रूपमा उपकरण खरिद गरी सरकारलाई करिब ४२ करोड रुपैयाँ हानिनोक्सानी पुर्‍याएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार मुद्दा दायर गरेको हो ।

निजी लगानी जोखिममा पर्ने गरी बजेट ल्याउन्नँ : अर्थमन्त्री

अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रको लगानी जोखिममा पर्ने गरी बजेट नल्याउने बताएका छन् । सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने खालको कर र अन्य नीति ल्याउने तयारी गरिरहेको उनको भनाइ छ । हचुवाका भरमा कर नीति परिवर्तन नगर्नेसमेत उनको प्रतिबद्धता छ ।

दार्चुलादेखि पेरिस ओलम्पिकसम्म

नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालले पेरिस ओलम्पिक २०२४ खेल्ने भएका छन् । नेपाली खेलकुदमा लामो इतिहास बोकेको ब्याडमिन्टन खेलले पहिलोपल्ट ओलम्पिकमा भाग लिने अवसर पाएको छ । जुनियर विश्व ब्याडमिन्टन वरीयताको पहिलो स्थान पुगेर इतिहास रचिसकेका प्रिन्सले फेरि अर्को इतिहास बनाएका छन् ।

संसद्को गतिरोध खोल्न प्रधानमन्त्रीको मध्यमार्गी प्रस्ताव

प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को गतिरोध अन्त्य गर्न मध्यमार्गी प्रस्ताव अघि सारेका छन् । उनले आइतबार सभापति शेरबहादुर देउवालगायत कांग्रेस नेताहरूसँगको छलफलमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई मात्र लक्षित नगरी समग्र सहकारीकै समस्यामाथि छानबिन गर्न समिति गठनको प्रस्ताव राखेका हुन् ।

कामीरिता कीर्तिमानी २९ औं पटक सगरमाथामा

विश्वको सर्वोच्च शिखर सगरमाथा सबैभन्दा धेरै २८ औं पटक आरोहण गरिसकेका कामीरिता शेर्पाले आइतबार बिहान पुनः सगरमाथाको चुचुरोमा पुगेर आफ्नै कीर्तिमानमा सुधार गरेका छन् । उनी कार्यरत काठमाडौंस्थित सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाले कामीरिता आइतबार बिहान ७ बजेर २५ मिनेटमा शिखरमा पुगेको जानकारी दिँदै भने, ‘उनी सोमबार आधारशिविर आइपुग्नेछन् ।’ 

‘उद्यमीको आत्मविश्वास बढाउन स्थिर नीति अपरिहार्य’

कोभिड र त्यसपछि अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएको द्वन्द्व एवं आर्थिक शिथिलताले थलिएका उद्यमी व्यवसायीको आत्मविश्वास बढाउन सरकारले स्थिर नीति ल्याउनुपर्नेमा उद्यमीहरूले जोड दिएका छन् । छिट्छिटो परिवर्तन गरिने नीतिले सर्वसाधारण र उद्यमी व्यवसायीमा अन्योल छाएकाले कम्तीमा १० वर्ष टिक्ने नीति हुनुपर्ने उनीहरूको भनाइ छ । सर्वसाधारण र व्यवसायीको आत्मविश्वास घटेकै कारण बैंकमा तरलता बढेकाले आगामी बजेटमार्फत आत्मविश्वास बढाउनुपर्ने उनीहरूको माग छ ।

‘वास्तविक उद्यमीलाई ऋण पाउन समस्या छैन’

जायज परियोजना र वास्तविक ऋणीले अहिले पनि सजिलै सस्तो ब्याजदरमा कर्जा पाइरहेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । राष्ट्र बैंकको कसिलो नीतिका कारण ऋणीले कर्जा नपाइरहेको आरोप निजी क्षेत्रले लगाइरहेका बेला गभर्नर अधिकारीको यस्तो धारणा आएको हो । 

सरकारमा रहिरहन उपेन्द्रलाई नैतिक संकट

पार्टी विभाजनपछि संकटमा परेका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव मधेश सरकारमा अल्पमतमा परेपछि झन् संकटमा परेका छन् । मधेश सरकारबाट एमाले र माओवादी बाहिरिएर जसपा नेतृत्वलाई अल्पमतमा पारेपछि अध्यक्ष यादव संघीय सरकारमा रहने वा बाहिरिने भन्ने विषय नैतिकतासँग जोडिएर आएको छ । सत्ता फेरबदल गर्न सक्रिय भएको भन्दै पार्टी विभाजन भएपनि सत्तामै बसिरहेका उनी अब झन् ठूलो नैतिक संकटमा फसेका छन् ।

सरकार र दलहरूको सहयोग बिना अतिक्रमित जग्गा फिर्ता लिन सकिँदैन : त्रिवि उपकुलपति बराल

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले सरकार र राजनीतिक दलहरूको सहयोग बिना विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता लिन नसकिने बताएका छन् । 

सरकार छोड्ने तयारीमा उपेन्द्र यादव

जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । संघीय परिषद् अध्यक्ष अशोककुमार राईले बहुमत सांसदसहित पार्टी विभाजन गरेर बाहिरिएपछि वर्तमान सरकारमा उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री समेत रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव अफ्ठ्यारोमा परेका छन् ।

सरकारले संसद् अवरुद्धको स्थिति निर्माण गरेर प्रतिपक्ष माथि अन्याय गर्‍यो : लेखक 

प्रमुख प्रतिपक्ष कांग्रेसले संसद् अवरोधको वातावरण सरकारले बनाएको आरोप लगाएको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद्मा जनसरोकारका विषय राख्नबाट सरकारले अवरोध गरिरहेको बताए । 

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
संखुवासभामा पेस्तोलसहित एकव्यक्ति पक्राउ

संखुवासभामा पेस्तोलसहित एकव्यक्ति पक्राउ

कान्तिपुर संवाददाता

संखुवासभामा प्रहरीले कटुवा पेस्तोलसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । 

स्थापना दिवसमा शिक्षक संघद्वारा ताप्लेजुङ अस्पतालका बिरामीलाई नगदै सहयोग

स्थापना दिवसमा शिक्षक संघद्वारा ताप्लेजुङ अस्पतालका बिरामीलाई नगदै सहयोग

आनन्द गौतम

स्थापना दिवसमा संघसंस्था लगायतले अस्पतालका बिरामीलाई फलफुल वितरण लगायतका गतिविधि गर्छन् । तर नेपाल शिक्षक संघले भने आइतबार आफ्नो स्थापना दिवसमा ताप्लेजुङ जिल्ला अस्पतालका बिरामीहरुलाई नगदै सहयोग गरेको छ । 

कञ्चनजंघा आरोहणका लागि ७८ सय मिटर उचाइमा पुगेको टोली फर्कियो 

कञ्चनजंघा आरोहणका लागि ७८ सय मिटर उचाइमा पुगेको टोली फर्कियो 

आनन्द गौतम

८ हजार ५ सय ८६ मिटर उचाइको विश्वको तेश्रो अग्लो हिमाल कञ्चनजंघा आरोहणका लागि चौँथो क्याम्पसम्म पुगेको टोली बेसक्याम्पमै फर्किएको छ । खराब मौषम र हिमपहिरोका कारण अगाडि बढ्न नसकेपछि फर्किएको टोली अनुकुल मौषमको पर्खाइमा छ । 

अग्निपीडित पूर्वप्रहरीलाई राहत

अग्निपीडित पूर्वप्रहरीलाई राहत

डम्बरसिं राई

हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका पूर्वसहायक निरीक्षक गोपालबहादुर थापामगरको घर जलेर नष्ट भएपछि प्रहरी परिवारले राहत दिएको छ । 

४१ जनाको आँखाको नि:शुल्क शल्यक्रिया

४१ जनाको आँखाको नि:शुल्क शल्यक्रिया

डम्बरसिं राई

निःशुल्क आँखा शल्यक्रिया शिविरको पहिलो दिन शनिवार ४१ जनाको आँखाको शल्यक्रिया भएको छ । नेपाल नेत्रज्योति संघ र दिक्तेल रूफाकोट मभुवागढी नगरपालिकाले दिक्तेलमा गरेको तीन दिने शिविरमा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोग छ ।

मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु

मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु

कान्तिपुर संवाददाता

विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु भएको छ ।

कोशी बाट थप
स्रोत नखुलेको करिब सात लाख रकमसहित युवक पक्राउ

स्रोत नखुलेको करिब सात लाख रकमसहित युवक पक्राउ

कान्तिपुर संवाददाता

महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा प्रहरीले स्रोत नखुलेको करिब सात लाख रकमसहित एक युवकलाई पक्राउ गरेको छ ।

मधेशमा एमाले र माओवादी केन्द्रले सरकार छोडे, मुख्यमन्त्री यादव अल्पमतमा

मधेशमा एमाले र माओवादी केन्द्रले सरकार छोडे, मुख्यमन्त्री यादव अल्पमतमा

कान्तिपुर संवाददाता

मधेश सरकारबाट नेकपा एमाले पनि बाहिरिएको छ । एमालेबाट प्रदेश सरकारमा सहभागी चार मन्त्री र दुई राज्यमन्त्रीले आइतबार मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष सामूहिक राजीनामा बुझाएका हुन् ।

मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र 

मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र 

अजित तिवारी

नेकपा माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । माओवादी केन्द्रबाट मन्त्री बनेका विना विभागीय मन्त्री भरतप्रसाद शाह र उद्योग बाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराईले आइतबार अपरान्ह मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष सामुहिक राजीनामा बुझाएका हुन् ।

बैंक लुट्ने उद्देश्यले गार्डको हत्या 

बैंक लुट्ने उद्देश्यले गार्डको हत्या 

अवधेशकुमार झा

लुटपाट गर्ने उद्देश्यले सप्तरीको सप्तकोशी नगरपालिका-१ स्थित नेपाल बैंक लिमिटेडमा कार्यरत सुरक्षा गार्डको हत्या भएको खुलेको छ । 

मन्दिरको जग्गा कब्जा गरि बनाइएका व्यापारिक सटर वीरगञ्ज महानगरले भत्कायो

मन्दिरको जग्गा कब्जा गरि बनाइएका व्यापारिक सटर वीरगञ्ज महानगरले भत्कायो

भूषण यादव

वीरगञ्ज महानगरपालिका –१० स्थित गीता मन्दिर अगाडिको जग्गामा बनाइएका व्यापारिक सटरहरु महानगरपालिकाले शनिबार भत्काएको छ । विगत लामो समयदेखि मन्दिर अगाडिको जग्गामा दशवटा सटर निर्माण गरि भाडामा लगाइएको थियो । वीरगञ्जका मेयर राजेशमान सिंहको निर्देशनमा महानगरपालिकाको डोजरले सटरहरु भत्काएको हो । 

श्रीमान् बचाउन खोज्दा श्रीमतीको ज्यान गयो

श्रीमान् बचाउन खोज्दा श्रीमतीको ज्यान गयो

रासस

सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित रामनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर भएका छन् । 

मधेस बाट थप
मोटरसाइकल दुर्घटना हुँदा महिलाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा महिलाको मृत्यु

रासस

चौतारा साँगाचोकगढी नगरपालिका-८ स्थित अरनिको राजमार्गको जल्किने मोडमा आइतबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

चितवनमा विद्यार्थी लिन हिँडेकाे स्कुलबसमा आगजनी

चितवनमा विद्यार्थी लिन हिँडेकाे स्कुलबसमा आगजनी

रमेशकुमार पौडेल

भरतपुरकाे मंगलपुर नजिक कल्याणपुरकाे स्मलहेभन स्कुलकाे बसमा आइतबार बिहान आगजनी भएकाे छ । भरतपुरकाे पश्चिम क्षेत्रका विद्यार्थी लिन जाँदै गरेकाे बसलाई ६ जनाले राेकेर चालक सहचालकलाई बााहिर निकालेर आगजनी गरेकाे चितवन प्रहरीले जनाएकाे छ । घटना हुँदा बसमा विद्यार्थी थिएनन् ।

अग्नीपीडितलाई तरुण दलले पठायो राहत

अग्नीपीडितलाई तरुण दलले पठायो राहत

कान्तिपुर संवाददाता

नेपाली कांग्रेसको युवा भ्रातृ संस्था नेपाल तरुण दलले काभ्रेका अग्नीपीडितलाई राहत सामाग्री पठाएको छ ।

भन्सार छलीको आशंकामा तीन ट्रक लत्ता कपडा बरामद 

भन्सार छलीको आशंकामा तीन ट्रक लत्ता कपडा बरामद 

रमेशकुमार पौडेल

बिल बिजकभन्दा बढीको लत्ता कपडा लिएर आएको देखिएपछि चितवन प्रहरीले तीनवटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान

कान्तिपुर संवाददाता

बागमती प्रदेशसभाको बर्खे अधिवेशन यही वैशाख ३१ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । 

नक्कली नोटसहित ५ जना पक्राउ

नक्कली नोटसहित ५ जना पक्राउ

सुवास विडारी

मकवानपुर प्रहरीले नक्कली नेपाली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी नामटारले बुधबार र बिहीबार गरी एक हजार दरका ५५ वटा नक्कली नोटसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । 

वाग्मती बाट थप
सुस्त मनस्थितिकी युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

सुस्त मनस्थितिकी युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

आश गुरुङ

मनाङमा २१ वर्षिया सुस्त मनस्थिति भएकी युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

फेवातालको जलकुम्भी निकाल्ने अभियान सुरु 

फेवातालको जलकुम्भी निकाल्ने अभियान सुरु 

प्रतीक्षा काफ्ले

आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइमा पर्ने पोखराको फेवाताल वर्षा सुरु भएपछि जलकुम्भीले ढकमक्क हुन्छ । जसका कारण फेवातालको स्वरुप नै बिग्रिन्छ । आगन्तुकले फेवातालको आकर्षण देख्न पाउँदैनन् । वर्षेनि आउने यो समस्या समाधानका लागि दीर्घकालीन विकल्प खोजिएको छैन ।

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १८ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १८ वर्षपछि पक्राउ

प्रकाश बराल

कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट १० वर्ष कैद सजाय तोकिएका फरार अभियुक्त १८ वर्षपछि पक्राउ परेका छन् । 

नारायणी नदीमा नयाँ पुल : सोमबार प्रधानमन्त्रीले शिलान्यास गर्ने

नारायणी नदीमा नयाँ पुल : सोमबार प्रधानमन्त्रीले शिलान्यास गर्ने

नारायण शर्मा

महेन्द्र राजमार्ग अन्तर्गत गैंडाकोट र नारायणगढको बीचमा रहेको नारायणी नदीमा नयाँ मोटरेवल पुल निर्माण हुने भएको छ । पुल महाशाखाका प्रमुख ललिजन खनालका अनुसार हाल नारायणी नदीमा रहेको पुलदेखि उत्तरतर्फ निर्माण हुने पुलको सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

चुमनुव्री क्षेत्रमा १३ हिउँ चितुवा

चुमनुव्री क्षेत्रमा १३ हिउँ चितुवा

कान्तिपुर संवाददाता

चुमनुव्री क्षेत्रमा १३ वटा हिउँ चितुवाको गणना गरिएको छ । ग्लोवल चेन्ज रिसर्च इन्ष्टिच्यूट एकेडेमी अफ साइन्सले मनास्लु संरक्षण क्षेत्र अन्तर्गतको चुम र नुव्री क्षेत्रमा गरेको अध्ययनको क्रममा १३ हिउँ चितुवा र दुई वटा हिउँ चितुवाको बच्चाको पहिचान भएको हो ।

बँदेलको आक्रमणबाट दुई घाइते

बँदेलको आक्रमणबाट दुई घाइते

नारायण शर्मा

यहाँको मैनाघाटमा बँदेलको आक्रमणमा परी २ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मध्यविन्दु नगरपालिका १३ मैनाघाट निवासी ५७ वर्षीय चन्द्रबहादुर खाँडले आफ्नै खेतमा मकैमा विषादी छर्दैगर्दा शनिबार साँझ ५ बजेतिर बँदेलले आक्रमण गरेको हो ।

गण्डकी बाट थप
सामान्य वर्षामै तिनाउमा बाढी, बुटवल अस्तब्यस्त

सामान्य वर्षामै तिनाउमा बाढी, बुटवल अस्तब्यस्त

घनश्याम गौतम

लामो खडेरीपछि शनिवार मध्यराति परेको वर्षाले अचानक बाढी आएपछि बुटवल अस्तब्यस्त बनेको छ । तिनाउ नदीमा आएको बाढीले ल्याएको हिलो र नालीको फोहोरले बजार दुर्गन्धित भएको छ । जताततै हिलाम्य हुँदा हिँडडुलमै समस्या भएको छ ।

कुष्ठरोग निवारणमा चुनौती : एउटै घरका ३ बालबालिकामा भेटियो संक्रमण

कुष्ठरोग निवारणमा चुनौती : एउटै घरका ३ बालबालिकामा भेटियो संक्रमण

मनोज पौडेल

मायादेवी गाउँपालिका बडसुडवामा तीन वर्षीया बालिकाको दाहिने पाखुराका विभिन्न ठाउँमा रातो फ्रुस्रो दाग बसेको छ । उनका ५ वर्षीय दाजुको घाँटी र गालाका केही ठाउँका छालामा पनि उस्तै रातो फ्रुस्रो दाग देखिन्छ । छाला बाक्लो पनि छ । उनीहरुकी ७ वर्षीया दिदीको पिठ्यू, नाडी र पाखुरामा रातो फ्रुस्रो दाग बसेको छ । दाग बसेको ठाउँमा चिमोट्दा थाहा हुँदैन, छुँदा चाल पाउँदैनन् । 

बजेट ल्याउने बेला लुम्बिनीमा छैनन् योजना आयोग उपाध्यक्ष

बजेट ल्याउने बेला लुम्बिनीमा छैनन् योजना आयोग उपाध्यक्ष

वीरेन्द्र केसी

बजेट बनाउने बेलामा लुम्बिनी प्रदेश सरकारको राष्ट्रिय योजना आयोग उपाध्यक्षसहित सदस्य, मुख्यन्यायाधिवक्ता र प्रमुख सचिव छैनन् । यी तीन वटै पद रिक्त छन् । मुख्यमन्त्री कार्यालयका दुई जना प्रदेश सचिव पनि काठमाडौमा छन् । अहिले मुख्यमन्त्री कार्यालय सुनसान जस्तै छ । 

लुम्बिनीका तीनमध्ये दुई प्रदेशसभा सदस्य जसपामा

लुम्बिनीका तीनमध्ये दुई प्रदेशसभा सदस्य जसपामा

घनश्याम गौतम

जनता समाजवादी पार्टी नेपालका लुम्बिनीबाट निर्वाचित दुई प्रदेश सभा सदस्य अशोक राई नेतृत्वको नयाँ पार्टी जनता समाजवादीमा खुलेका छन् । 

कोइली खोलाले बगाउँदा एकको मृत्यु

कोइली खोलाले बगाउँदा एकको मृत्यु

कान्तिपुर संवाददाता

वाणगङ्गा नगरपालिका–७ मा कोइली खोलाले बगाउँदा एकको मृत्यु भएको छ । दाउरा संकलन गर्ने क्रममा कोइली खोलाले बगाएर एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

 भारतीय चालकलाई सीमा नाकामा \'सम्झाइ-बुझाइ अभियान\'  

 भारतीय चालकलाई सीमा नाकामा 'सम्झाइ-बुझाइ अभियान'  

माधव ढुंगाना

भारतीय चालक–सहचालकलाई नेपालको ट्राफिक नियमका बारेमा जानकारी दिन जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले सुनौली सीमा नाकामा ‘सम्झाइ–बुझाइ’ अभियान संचालन गरेको छ ।

लुम्बिनी बाट थप
भुकम्प प्रभावित छात्रालाई शैक्षिक सामाग्री

भुकम्प प्रभावित छात्रालाई शैक्षिक सामाग्री

कान्तिपुर संवाददाता

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित छात्राहरुलाई ज्योति फाउन्डेसनले शैक्षिक सामाग्री वितरण गरेको छ । फाउन्डेसनले गैरआवासीय नेपाली संघको सहयोगमा आइतबार जाजरकोट र रूकुम पश्चिमका तीन-तीन पालिकाका १५ जना छात्रालाई शैक्षिक सामाग्रीहरु वितरण गरेको हो ।

गुडिरहेको ट्र्याक्टरबाट खस्दा महिलाको मृत्यु 

गुडिरहेको ट्र्याक्टरबाट खस्दा महिलाको मृत्यु 

जनकबहादुर शाही

गुडिरहेको ट्र्याक्टरबाट खस्दा एक जना महिलाको मृत्यु भएको छ । आइतबार दिउँसो खार्पुबाट सिमकोट आउँदै गरेको लु ४ त १४४९ नम्बरको ट्र्याक्टरबाट खस्दा सिमकोट गाउँपालिका–२ ठेहे गाउकी ५५ वर्षीया नानी बोहराको मृत्यु भएको हो ।

पाटनमै ज्यान गुमाउँदै यार्सा संकलक

पाटनमै ज्यान गुमाउँदै यार्सा संकलक

राजबहादुर शाही

यार्सा टिप्न पाटनतर्फ जाँदै गरेका पातारासी गाउँपालिका–३ का २६ वर्षीय सुर्ज रावतको गत बिहीबार लेक लागेर मृत्यु भयो । यार्सा टिपेर पैसा कमाउने लोभले केही दिनअघि मुगुम कार्मारोङ गाउँपालिकाको पाटनतर्फ जाँदै गरेका उनको लेक लागेर बाटोमै ज्यान गएको हो ।

अनुमतिबिना यार्सा टिप्ने ९२ जनालाई जरिवाना 

अनुमतिबिना यार्सा टिप्ने ९२ जनालाई जरिवाना 

राजबहादुर शाही

डोल्पाको पाटन क्षेत्रमा अनुमतिबिना यार्सा टिप्न जाने ९२ जनालाई पक्राउ गरि जरिवाना गरिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

श्रीमतीको हत्यापछि आत्महत्या

श्रीमतीको हत्यापछि आत्महत्या

विप्लव महर्जन

सल्यानमा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका ४ देउलीका अन्दाजी वर्ष ३५ का मनोज बुढाले अन्दाजी वर्ष ३२ की श्रीमती कमला बुढाको हत्यापश्चात् घर नजिकै झुन्डिएर आत्महत्या गरेका छन् ।

यार्सा टिप्न गएका जुम्लाका चार युवा अलपत्र

यार्सा टिप्न गएका जुम्लाका चार युवा अलपत्र

डीबी बुढा

डोल्पा जिल्लाका पाटनहरुमा यार्सा संकलनका लागि गएका जुम्लाका चार जना युवाहरु अलपत्र परेका छन् । जिल्लाको पातारासी गाउँपालिका ३ का चार जना युवाहरु डोल्पाको साल्दाङ फोतगाउॅ पासु क्याम्पमा अलपत्र परेको पातारासी गाउॅपालिकाका कार्यवहाक अध्यक्ष दत्तबहादुर बुढाले जानकारी दिए ।

कर्णाली बाट थप
नदीमा डुबेर कैलालीमा दुई बालबालिकाको मृत्यु

नदीमा डुबेर कैलालीमा दुई बालबालिकाको मृत्यु

अर्जुन शाह

कैलारी गाउँपालिका-८ का दुई जना बालबालिकाको नदीमा डुबेर मृत्यु भएको छ । लहरपुर तेडी नदीमा नुहाउने क्रममा आइतबार दिउँसो ७ वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साउदको मृत्यु भएको गाउँपालिका अध्यक्ष रामसमझ चौधरीले बताए ।

चिकित्सकको आन्दोलनले बैतडी जिल्ला अस्पतालमा आकस्मिक र वार्डबाहेकका सेवा ठप्प

चिकित्सकको आन्दोलनले बैतडी जिल्ला अस्पतालमा आकस्मिक र वार्डबाहेकका सेवा ठप्प

चित्रांग थापा

चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि बैतडी जिल्ला अस्पतालमा आकस्मिक र वार्डबाहेकका सेवा आइतबारदेखि ठप्प भएको छ । 

बालविवाह कानुनीरुपमा बन्देज, सामाजिक रुपमा खुला !

बालविवाह कानुनीरुपमा बन्देज, सामाजिक रुपमा खुला !

मेनुका ढुंगाना

ढकारी गाउँपालिका–३ की मीना (नाम परिवर्तन) १९ वर्षकी भइन् । कक्षा-९ मा पढ्ने बेला १५ वर्षको उमेरमा छिमेकी गाउँकै मान्छेसँग बिहे गरिन् । आफू ९ र श्रीमान् ११ कक्षामा पढ्ने बेला बिहे गरेका उनीहरुको सम्बन्ध केही समयसम्म राम्रै थियो । त्यहीबीचमा उनीहरुले एक सन्तान पनि जन्माए ।

भारतीय बाटो हुँदै ब्यास पुग्यो खलंगाको कुञ्चा

भारतीय बाटो हुँदै ब्यास पुग्यो खलंगाको कुञ्चा

मनोज बडू

छ महिनाका लागि व्यास बसाइँ सरेका ब्यासी सौका समुदायको कुञ्चा (बसाइँसराइ) हिमाल (ब्यास) मा पुगेको छ । सदरमुकाम खलंगाबाट भारतीय बाटो प्रयोग गरी ब्यासीको कुञ्चा छाङरु र टिंकर गाउँमा पुगेको हो । एक साताको पैदल यात्रापछि जिल्लाको सर्वाधिक उचाइको बस्ती टिंकर गाउँमा स्थानीयको कुञ्चा पुगेको छ ।

बयालपाटा अस्पतालमा ग्रामीण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेलन  

बयालपाटा अस्पतालमा ग्रामीण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेलन  

मेनुका ढुंगाना

बयालपाटा अस्पतालमा ग्रामीण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेलन-२०२४ सम्पन्न भएको छ । नेपालको ग्रामीण क्षेत्रमा अर्थापेडिक्स तथा ट्रमा केयर प्रणालीमा सुधार ल्याउने मुख्य उद्देश्यले अछामको बयालपाटा अस्पतालमा सम्मेलन भएको हो ।

विराट वाङ्‌मय उत्सव : भाषाको चिन्तादेखि नाटकको दुःखसम्म चर्चा

विराट वाङ्‌मय उत्सव : भाषाको चिन्तादेखि नाटकको दुःखसम्म चर्चा

कान्तिपुर संवाददाता

विराट वाङ्मय उत्सवको पहिलो दिन शुक्रबार नेपाली भाषा लोप हुन सक्ने चिन्तादेखि मोफसलका रंगकर्मीको दुःखसम्म चर्चा भयो । आरोहण गुरुकुल विराटनगरको आयोजना र विराटनगर महानगरपालिकाको प्रवर्द्धनमा आयोजित दुई दिने उत्सवलाई उद्घाटन गर्दै नगर प्रमुख नागेश कोइरालाले ऐतिहासिक सहर विराटनगरलाई साहित्य कलाको राजधानी बनाइने बताए ।

सुदूरपश्चिम बाट थप

निर्वाहमुखी उत्पादनमा ठुलो जनसंख्या संलग्न हुनु पनि विकासको चुनौती : पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाहमुखी र गुजारामुखी उत्पादनमा ठुलो जनसंख्या संलग्न हुनु पनि विकासको चुनौती भएको बताएका छन् । आइतबार कान्तिपुर मिडिया ग्रुपले गरेको ‘इकोनमिक सम्मिट २०२४’ को अन्तिम सत्र ‘अर्थमन्त्रः राजनीतिक नेतृत्वको प्रतिबद्धता’ मा आफ्ना विचार राख्दै महासचिव पोखरेलले राजनीतिक परिवर्तन पश्चात पनि संरचनागत सुधार हुन सकेको बताए ।

सबै खेलाडी उत्तिकै बराबर

सम्भवतः दक्षिण एसियाली टेबल टेनिसकै अहिलेसम्मको सबैभन्दा ठूलो प्रतियोगिता सोमबारदेखि सुरु हुँदै छ र यो रहेको छ, दक्षिण एसियाली ओलम्पिक छनोट । प्रतिस्पर्धी पाँच देश छन्, पुरुष र महिलाका १–१ विजेताले यसै वर्ष हुने पेरिस ओलम्पिक खेल्न पाउने छन् ।  

बेंगलुरुको लगातार पाँचौँ जित

रजत पाटिदारको आक्रामक अर्धशतकमा रोयल च्यालेन्जर्स बेंगलुरुले आइतबार दिल्ली क्यापिटल्सलाई ४७ रनले हराएको छ । यो उसको लगातार पाँचौँ जित हो र यससँगै उसले आफ्नो प्ले–अफ सम्भावना कायम राखेको छ ।

इंग्लिस प्रिमियर लिग : युनाइटेडलाई हराएर उपाधि होडमा आर्सनल 

आर्सनलले आइतबार इंग्लिस प्रिमियर लिग उपाधि जित्ने होडमा कायम राख्न म्यानचेस्टर युनाइटेडलाई १–० ले हराएको छ । ओल्ड ट्रायफोर्डमा भएको खेलमा आर्सनल विजयी रहेपछि उपाधिको होड अन्तिम सातासम्म जाने पनि भएको छ ।

किकस्टार्ट टोटनहम एकेडेमी खुला ट्रायल

बेङलरुको किकस्टार्ट टोटनहम खुला ट्रायल आइतबार सम्पन्न भएको छ । श्री भगवती क्लब टोखाको पहलमा दुई दिनसम्म सञ्चालन भएको छनोटमा कुल ३५ सयभन्दा धेरै खेलाडीहरू सहभागी थिए ।

सैनिकलाई उपाधि

सैनिक आवसीय महाविद्यालयले नेपाल क्रिकेट संघ (क्यान) का पूर्वअध्यक्ष जयकुमार नाथ शाहको स्मृति यू–१६ अन्तर विद्यालय क्रिकेट प्रतियोगिता जितेको छ । सैनिकले आइतबार मूलपानी क्रिकेट मैदानमा भएको फाइनलमा मोक्षदा स्कुललाई सजिलै १० विकेटले पराजित गर्‍यो । 

गायनमा ‘भर्सटायल’ अस्मिता

सानैदेखि गीत भनेपछि हुरुक्क हुन्थिन् उनी । गीत सुन्ने, गाउने र सुनाउने चाहनाले उनलाई कहिल्यै छोडेन पनि । हुर्किंदै जाँदा गायनमै केही गर्छु भन्ने इच्छासमेत बढ्दै गयो । हँसमुख र चञ्चले उनले घरमा आउने सबैलाई गीत गाएर सुनाउँथिन् । त्यसपछिको प्रशंसाले भने मन फुरुङ्ग हुन्थिन् । झापामा जन्मिएर कक्षा ७ सम्म पढाइ सकेपछि काठमाडौं पसेकी हुन् अस्मिता अधिकारी । 

भारतीय लोकसभा चुनाव : चौथो चरणअन्तर्गत ९६ सिटमा मतदान हुँदै

भारतीय लोकसभा चुनावअन्तर्गत चौथो चरणको मतदान भइरहेको छ । सोमबार बिहान ७ बजेदेखि १० राज्य तथा केन्द्रशासित प्रदेशका ९६ सिटमा मतदान सुरु भएको हो । 

सन् १९५२ मा आजकै दिन : भारतमा पहिलो जननिर्वाचित प्रधानमन्त्री 

सन् १९५२ मा आजकै दिन (मे १३) मा जवाहारलाल नेहरू भारतको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । भारतमा १९५१–१९५२ मा भएको आमनिर्वानमा भारतीय राष्ट्रिय कंग्रेस (आईएनसी) ले बहुमत प्राप्त गरेसँगै नेहरू प्रधानमन्त्री बन्न सफल भएका थिए ।

बिहार चुनाव : सीमाञ्चल क्षेत्रमा सत्तारुढ एनडीएलाई कडा टक्कर दिँदै विपक्षी गठबन्धन 

नेपालसँग सिमाना जोडिएको बिहार राज्यका ९ वटा लोकसभा निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धन ‘एनडीए’ लाई यसपटकको चुनावमा विपक्षी गठबन्धन ‘इन्डिया’ गठबन्धनले कडा टक्कर दिँदैछ । यसअघि २०१९ को लोकसभामा बिहारको कुल ४० सिटमध्ये विपक्षी कित्तामा एक सिटमात्रै गएको थियो । त्यो सिट थियो नेपालको पूर्वी क्षेत्रसँग जोडिएको बिहारको किसनगन्ज निर्वाचन क्षेत्र । त्यहाँ कांग्रेसले जितेको थियो । 

अफगानिस्तानमा बाढीबाट मर्नेको संख्या ३ सयभन्दा धेरै

अफगानिस्तानको उत्तरी प्रान्त बघलानमा अचानक आएको बाढीबाट तीन सयभन्दा धेरै मानिसको मृत्यु भएको विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) ले शनिबार बताएको छ । 

कुवेतका अमिरद्वारा संसद भंग, संविधान निलम्बन 

कुवेतका अमिर शेख मिशल अल-अहमद अल-सबाहले  संसद् भंग गर्दै संविधान निलम्बन गरेका छन् । शुक्रबार टेलिभिजन मार्फत भाषण गर्दै संसद् भंगको घोषणा गरेका हुन् ।

‘हार्मोनी’ मा सुगम स्वर

हिन्दी सांगीतिक फिल्म ‘रक अन’ मा कलाकारको समूहले एउटा कन्सर्टमा सहभागी हुन गरेको संघर्ष देखेपछि गायिका इजु जोजिजुलाई लाग्यो, ‘पोखरामा महिला मात्रैको समूह बनाउन पाए !’ आठ वर्षअघि उनको सोचले सार्थकता पायो र जन्मियो ‘हार्मोनी : द मोर्डन सङ स्ट्रेसेस अफ पोखरा ।’

विदेश पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने चार जना पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिने भनी ७३ लाख ५० हजार ठगी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । 

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.