सहकारी छानबिन समितिको कार्यक्षेत्रमा सहमति जुटाउन कानुनमन्त्रीको कार्यकक्षमा बैठक
सहकारीको वचत अपचलनबारे संसदीय छानबिन समितिको कार्यक्षेत्र टुंगो लगाउन कानुनमन्त्री पदम गिरीको कार्यकक्षमा बैठक सुरू भएको छ ।
सहकारीको वचत अपचलनबारे संसदीय छानबिन समितिको कार्यक्षेत्र टुंगो लगाउन कानुनमन्त्री पदम गिरीको कार्यकक्षमा बैठक सुरू भएको छ ।
केही व्यावसायिक घरानाअनुकूल बजेट बनाएको भन्दै तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीप्रति विमति जनाएर २०६७ सालमा अर्थसचिवबाट राजीनामा दिएका रामेश्वर खनाल सुशासन र बजेटरी प्रणालीमा गहिरो ज्ञान राख्नेमा पर्छन् । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको अवैतनिक सल्लाहकार हुँदै भट्टराईले नै अघि बढाएको नयाँ शक्ति पार्टीमा खनाल केही समय सक्रिय रहे ।
नेपालमा पाउरोटीको स्वाद चखाउने पहिलो व्यक्ति हुन्– कृष्णबहादुर राजकर्णिकार । उनले सात दशकअघि पाउरोटी उत्पादन सुरु गरेका थिए । यो व्यवसाय उनका छोराहरूमा पुस्तान्तरण हुँदै अहिले नातिनीहरूको हातमा आइपुगेको छ । यतिबेला कृष्णबहादुरका कान्छा छोरा ८३ वर्षीय घनश्याम राजकर्णिकारको नेतृत्वमा उनका तीन छोरीले हजुरबुवाको विरासत धानिरहेका छन् ।
भूमाफियाको विश्वासमा परेर झापास्थित गिरीबन्धु टी–इस्टेटको जमिन खरिद गर्न लगानी गरेकाहरू सर्वोच्च अदालतको आदेशले अन्योलमा परेका छन् । सस्तो मूल्यमा आकर्षक ठाउँको जग्गा पाउने प्रलोभनमा परेर करोडौं रुपैयाँ बैना दिएका सर्वसाधारण पैसा फिर्ता नहुने चिन्तामा परेका हुन् ।
भिडियो सेयरिङ प्लाटफर्म, टिकटकमाथिको प्रतिबन्धका कारण इन्टरनेट ‘सटडाउन’ हुने देशहरूको सूचीमा पहिलो पटक नेपाल पनि परेको छ । विश्वमा सबैभन्दा धेरै इन्टरनेट सटडाउन हुने देशमध्ये भारत भने यसपालि लगातार छैटौं पटक पहिलो स्थानमा देखिएको छ । सन् २०२३ मा भारतमा सर्वाधिक ११६ पटक इन्टरनेट प्रतिबन्धका घटना भएको ‘स्रिंकिङ डेमोक्रेसी, ग्रोइङ भायलेन्स’ प्रतिवेदनमा उल्लेख छ । नेपाल, मोजाम्बिक, केन्या र सुरिनाममा भने पहिलो पटक इन्टरनेट प्रतिबन्ध खेप्नेमा परेका छन् ।
कांग्रेस लगायतका विपक्षी दलहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामछानेलाई प्रतिनिधि सभामा उनीमाथिका उठेका प्रश्नहरूको जवाफ दिने गरी बोल्न अवरोध नगर्ने निर्णय गरेका छन् । विपक्षी दलका नेताहरूको संसद् भवनमा भएको बैठकले लामिछानेलाई बोल्न अवरोध नगर्ने तर संसदीय छानबिन समिति नबन्दासम्म अन्य कार्यसूची चाहिँ अघि बढाउन नदिने निर्णय गरेको हो
चालु आर्थिक वर्षको चैतको तुलनामा वैशाखमा घरजग्गा कारोबार र राजस्वमा सामान्य गिरावट आएको छ । चैतको तुलनामा वैशाखमा घरजग्गा कारोबारबाट उठ्ने राजस्व ८ करोड ४३ लाख रुपैयाँले घटेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउने स्थिति आओस् भन्ने आफूले नचाहेको बताएका छन् । कान्तिपुर हाफ म्याराथनको उद्घाटनपछि शनिबार कान्तिपुरसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले संसद्को अवरोध हटाउने प्रयत्न गरिरहेको जनाउँदै नीति तथा कार्यक्रम, विश्वासको मत र बजेट प्रस्तुतिको विषयलाई गम्भीरताका साथ लिएको बताएका हुन् । बजेट कसरी ल्याउने भन्ने विषय संसद् अवरुद्ध गरिरहेको प्रमुख प्रतिपक्ष कांग्रेसको हातमा रहेको पनि उनले बताए ।
धनुषाको जनकपुर–१९ पुलचोककी ५५ वर्षीया शान्तिदेवी यादव शुक्रबार बिहान चितवन नारायणगढको आँपटारी चोकमा चिया नास्ता गर्दै थिइन् । १९ दिनअघि घरबाट हिँडेकी उनी बिहीबार नारायणगढ पुगेकी हुन् । वैशाख १६ मा सप्तरी भारदहबाट चुरे तथा वनजंगल संरक्षण अभियान लिएर उनीसहित २२ जनाको टोलीले काठमाडौंको पैदलयात्रा सुरु गरेको थियो । दैनिक ३५/४० किलोमिटरका दरले पैदलयात्रा गरिरहेको टोली शुक्रबार नारायणगढबाट हिँडेको छ ।
बुद्धभूमि नगरपालिका–९ इमिलियामा ग्लोबल डेरी उद्योगले व्यावसायिक मही उत्पादन सुरु गरेको छ । उद्योगले वैशाख पहिलो सातादेखि दैनिक १ हजार लिटर मही उत्पादन गरेर बिक्री थालेको हो ।
सहकारीको बचत अपचलन प्रकरणमा संसदीय छानबिन समिति बनाउन सत्तापक्ष र प्रमुख प्रतिपक्ष सहमत भएका छन् । दलहरूबीच मुख्य विवाद रहेको समितिको क्षेत्राधिकारको विषय भने चार सदस्यीय कार्यदलले टुंगो लगाउनेछ । प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार साँझ बालुवाटारमा बोलाएको चार दलको बैठकले संसदीय समिति बनाउने समझदारी गरेको हो । बैठकमा समितिको क्षेत्राधिकारमा तीनवटा सहकारी र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम राख्नुपर्ने कांग्रेसले अडान लिएको थियो ।