सरकारबाट जसपा नेपाल बाहिरियो, जसपा भित्रियो
नयाँ सत्ता समीकरण बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले पाँचौंपटक मन्त्रिपरिषद् विस्तारसँगै केही हेरफेर गरेका छन् । जसपा नेपाल सोमबार बिहान सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री दाहालले अशोक राईको नेतृत्वमा नवगठित जसपालाई सरकारमा समेटेका हुन् ।