जसपा, नेपाल विभाजनमा अल्पकालीन अन्तरिम आदेश
जनता समाजवादी पार्टी, नेपाल विभाजनसम्बन्धी अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
जनता समाजवादी पार्टी, नेपाल विभाजनसम्बन्धी अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
बालात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएपछि क्रिकेटर सन्दीप लामिछानेले आफूले नेपाली क्रिकेटलाई अझ माथि पुर्याउने बताएका छन् ।
सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत दिने निर्णय गरेको छ । बुधबार बसेको एमाले प्रदेश संसदीय दलको बैठकले विश्वासको मत लिने तर सरकारमा सहभागी नहुने निर्णय गरेको संसदीय दलका उपनेता सन्तोषकुमारी शर्मा थापाले बताइन् । मुख्यमन्त्री सोडारीले बिहीबार विश्वासको मत लिँदै छन् ।
सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टि-स्टेटको जमिन कांग्रेसले नै कमिसन खाएर बेच्न दिएको आरोप लगाएका छन् । पछिल्लो समय ओली प्रधानमन्त्री हुँदा भएको टि स्टेटकको जग्गा ब्रिक्री गर्ने सम्बन्धमा भएको निर्णयमाथि एमाले नेतृत्वलाई प्रश्न उठिरहेका बेला ओलीले भने कांग्रेसलाई नै आरोप लगाएका हुन् ।
शारदा नगरपालिका–१४ र १५ माल्नेटामा विश्व बैंकको आर्थिक सहयोगमा संचालित बृहत लिफ्ट खानेपानी योजनाको काममा ढिलासुस्ती गर्दा खानेपानीको लागि स्थानीयलाई सास्ती भएको छ । विभिन्न कारण देखाउँदै सगरमाथा ड्रिलिङ निर्माण सेवाले काममा ढिलाई गर्दा माल्नेटाका स्थानीयलाई खानेपानीको लागि सास्ती भएको हो ।
वाग्मती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरिएको छ । बिनाविभागीय मन्त्री रमा आलेमगरलाई जिम्मेवारी दिनका लागि उक्त मन्त्रालय टुक्र्याएर युवा तथा खेलकुद मन्त्रालय बनाउने बुधबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।
उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्ट्याउँदै क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।
प्रमुख प्रतिपक्ष कांग्रेसले सहकारीको बचत रकम हिनामिना गरेको आरोपमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन माग गर्दै निरन्तर संसद् अवरुद्ध गरेकोमा सत्तारुढ एमालेका अध्यक्ष केपी शर्मा ओलीले आक्रोश व्यक्त गरेका छन् ।
तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । व्यास नगरपालिकाका प्रमुखका उम्मेदवार दीपकराज जोशीले दायर गरेको रिटमा मङ्गलबार अन्तिम सुनुवाइ गर्दै अदालतले निवेदकको दाबी पुग्ने फैसला गरेको हो ।
कर्णालीकै उत्कृष्ट पर्यटकीय गन्तव्य राराको सुन्दरता जोगाउन भन्दै प्लाष्टिक प्रतिबन्ध लगाइएको छ ।
स्यान्टु श्रेष्ठ ओलम्पिकमा छनोट भएका छन् । ओलम्पिकमा छनोट हुने उनी तेस्रो नेपाली खेलाडी बनेका छन् ।