दोहा, माघ ४ -
कतारी नेपाली श्रमिक डायस्पोराका सर्जक र श्रोताहरूको साझा चौतारी बनेका अनेसास र नसामोपुले साहित्यिक वाचन शृङ्खलाको २२ औँ डबली गत शुक्रबार सम्पन्न गरेका छन् ।
हरेक अंकमा संयोजक र विशेष श्रोता फरक व्यक्ति रहने डबलीमा यसपालिका विशेष श्रोता कान्तिपुर अरब ब्युरोका संवाददाता होम कार्की रहेका थिए ।
प्रत्येक महिनाको दोस्रो शुक्रबार पारेर विभिन्न विधामा कलम चलाउने पाकादेखि नवआगन्तुक- सम्मका सिर्जनशील मनहरूलाई एकत्रित गर्दै आएका छन् । डायरीमा लेखेर केही हुँदैन, लेखेको सिर्जना पाठक र श्रोतासमक्ष पुग्नुपर्छ भन्ने उद्देश्यले डबलीलाई निरन्तर अघि बढाएको नवोदितका प्रथम उपाध्यक्ष इन्द्रमणि नेपालले बताए ।
यसपटक कवि जय छाङ्छा, शिखर वैद्य, इन्द्रमणि नेपाल, दिलीप अविरल, बिन्देश्वर ठाकुर, ओम ओझेल, राजु मुखिया, बेचैन महतो र राजेन्द्र खनालले कविता सुनाएका थिए । श्याम रानाभाट, विजय फोम्बो, पे्रमप्रकास सापकोटा, जगतराम बर्देवा, ईश्वर शाही, राज कँडेल, सुरेशमान तामाङ, राजेश रुम्बा लामा, दीप गाउँले, शालिकराम गिरीले गजल सुनाए । जूनेली कवि बद्रीप्रसाद पराजुली, लोक कवि ज्ञानेन्द्र अम्गाई, विनोद कुमाल र चर्चित ढुंगेलले गीत वाचन गरेका थिए ।
कार्यक्रममा विषेश श्रोता कार्कीले १७ औँ डवलीदेखि आफू नियमित उपस्थित भएको बताए । आफूले समाचार संकलनमा साहित्यिक डबलीहरूबाट पात्र फेला पार्न, नेपालीको वस्तुस्थिति थाहा पाउन यसबाट निकै सहयोग पुग्ने उनले बताए ।
टीका खड्का राष्ट्रप्रेमी संयोजकत्वमा भएको कार्यक्रममा अनेसास कतारका निवर्तमान अध्यक्ष दीपक भेटुवालको समेत उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: २०७० जेष्ठ ६ ०५:३०
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
म त कहीं जागिर मिलाइदेला कि भनी आ’ !... अनि तपैं नि ?