२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०२

वीरेन्द्रनगरमा हाफ म्याराथन प्रतियोगिता हुँदै

तृप्ति शाही

वीरेन्द्रनगर — सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । शनिबार हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । ‘अब कर्णाली दौडने छ’ भन्ने मूल नारासहित हुन लागेको प्रतियोगितामा देशभरबाट करिब ९०० खेलाडीहरू सहभागी हुने जनाइएको छ ।

वीरेन्द्रनगरमा हाफ म्याराथन प्रतियोगिता हुँदै

म्याराथनमा २१.०९७५ किलोमिटर पुरुष तथा महिला खुल्ला, ४५ वर्षमाथि उमेर समूह, ५ किलोमिटर स्कुलस्तरिय छात्र एवम् छात्रातर्फ दौड, ५ किलोमिटर कर्पोरेट रन समावेश गरिएको छ । हाफ म्याराथनमा ७२ जना, ५ किलोमिटर छात्रा एवं छात्रातर्फ ७५९ जना र कर्पोरेटतर्फ ३९ जनाले नाम दर्ता गराइसकेका छन् ।

हाफ म्याराथनमा उत्कृष्ट समय दिने एक जना धावकलाई वर्ल्ड एथ्लेटिक्सबाट लेबल प्राप्त म्याराथनमा सहभागी गराइने छ । रेस नेपालको आयोजना प्रतियोगिता हुनेछ ।

क्रियटिभ गन्ज मिडिया एन्ड इभेन्ट म्यानेजमेन्टले व्यवस्थापनको जिम्मा लिएको छ । कर्णाली प्रदेश खेलकुद परिषद् , वीरेन्द्रनगर नगरपालिकालगायतले आर्थिक सहयोग गरेका छन् ।

प्रतियोगिता बिहान ७ बजे घण्टाघरबाट सुरु हुने छ । प्रतियोगितामा प्रथम हुनेलाई ५५ हजार रुपैयाँ पुरस्कार दिइने छ । दौड संस्कृतिको प्रवर्द्धन गर्दै प्रतिभाशाली खेलाडी खोज अभियानअन्तर्गत उक्त म्याराथन प्रतियोगिता गर्न लागिएको कार्यक्रम संयोजक देवकुमार सुवेदीले बताए ।

प्रकाशित : वैशाख २८, २०८१ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?