२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

विद्यालयमा चट्याङ पर्दा २ शिक्षक र ३ विद्यार्थी घाइते 

ज्योति कटुवाल

दैलेख — दैलेखको नौमुले गाउँपालिका ६ मा रहेको शिवशक्ति माध्यमिक विद्यालयमा बुधबार दिउँसो २ बजेतिर चट्याङमा परी दुई शिक्षकसहित पाँच जना घाइते भएका छन् । घाइते हुनेहरूमा कक्षा ५ मा अध्ययनरत छात्र ९ वर्षीय विश्व बिकास रावत, कक्षा ९ का यामबहादुर चन्द, कक्षा ७ का छात्रा १३ वर्षीया
लक्ष्मी गुरुङ, शिक्षक रमेश सिंह ठकुरी, प्रेमबहादुर चन्द रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी सुनिल दाहलका अनुसार एक जनालाई जिल्ला अस्पतालमा रिफर गरिएको छ । अन्य घाइतेहरुको नौमुले प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रमुख दाहालले बताए ।

यस्तै विद्यालयको भौतिक संरचनामा समेत क्षति पुगेको उनको भनाइ छ ।


प्रकाशित : वैशाख २६, २०८१ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?