१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

डढेलो बस्तीमा सल्किँदा तीन घरगोठ जलेर नष्ट

आगो निभाउने क्रममा एक जना बेहोस्

सल्यान — वनमा लागेको डढेलो बस्तीमा सल्किँदा सल्यानमा तीन घरगोठ जलेर नष्ट भएका छन् । आगो निभाउने क्रममा एक जना बेहोस् भएका छन् । बन्गाड कुपिण्डे नगरपालिका- ५ च्युराका अन्दाजी वर्ष ३५ का दलजित बुढाथोकी आगो निभाउनेक्रममा बेहोस् भएका हुन् । 

डढेलो बस्तीमा सल्किँदा तीन घरगोठ जलेर नष्ट

बन्गाड कुपिण्डे नगरपालिका-१ बेलखोलाको एक सामुदायिक वनमा लागेको डढेलो फैलिँदै जाँदा च्युराका बुद्धिसिंह बिष्ट लगायत अन्य दुई जनाको घर गोठ जलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक नविन कार्कीका अनुसार घरका लागेको आगो निभाउने क्रममा धुँवाका कारण बेहोस् भएका थिए । आगोको ज्वालाले उनको अनुहारमा पनि सामान्य जलेको थियो ।

स्वास्थ्य चौकी च्युरामा अहिले उपचार गराइरहेका बुढाथोकी होसमा आएका र उनी खतरामुक्त रहेका प्रहरीले जनाएको छ । दुई घर र एक गोठमा भएको क्षतिको विवरण भने आउन बाँकी रहेको छ ।


प्रकाशित : वैशाख ८, २०८१ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?