१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६९

बर्दियाका आधा दर्जन सामूदयिक वनमा डढेलो

कमल पन्थी

बर्दिया — तातो हावा 'लु' चलेसँगै शुक्रबार बर्दियाको सामूदायिक वनमा फैलिएको डढेलो नियन्त्रण गर्न सशस्त्र प्रहरी, नेपाल प्रहरी, वनका कर्मचारी र स्थानीयलाई हम्मे-हम्मे परेको छ ।

बर्दियाका आधा दर्जन सामूदयिक वनमा डढेलो

ठाकुरबाबा नगरपालिकास्थित शाहीपुर लगायत आसपासका सामूदायिक वनमा डढेलोले क्षति पुर्‍याएको छ । वन डढेलो लागेपछि आसपासका गाउँले आगो नियन्त्रणको प्रयास गरेका थिए ।

डिभिजन वन कार्यालयका सहायक अधिकृत एंव सूचना अधिकारी द्रोण शर्माका अनुसार डढेलोबाट सामूदायिक वनको स-साना विरुवा र जडीबुटी नष्ट भएको छ । 'मधुवन र ठाकुरबाबा नगरपालिकाका दमकलले शाहीपुरलगायत सामूदायिक वनको ८० प्रतिशत बढी डढेलो नियन्त्रणमा आइ सकेको छ,' उनले भने, 'दमकलले डढेलो नियन्त्रण गरेपछि ठुलो क्षति भएन ।'

यसैगरी जिल्लाको बढैयाताल गाउपालिका–७ शिवशक्ति सामूदायिक वनमा दिउँसो लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एंव डिएसपी तुल्सीराम अर्यालले डढेलो नियन्त्रण गर्न सशस्त्र प्रहरी, नेपाल प्रहरी, गुलरिया र बाँसगढी नगरपालिकाका दुई वटा दमकल, वनका कर्मचारी लगायत स्थानीयवासी परिचालित भएको बताए ।

उनका अनुसार वनमा भएको क्षत‍िको यकिन विवरण आउन सकेको छैन ।

प्रकाशित : वैशाख ७, २०८१ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?