२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

नालाको माछा खादा नौ जना बिरामी, एकको अवस्था चिन्ताजनक

कमल पन्थी

बर्दिया — नालामा माछाको खाँदा गुलरिया नगरपालिका–९ टेपरीका ४५ वर्षीय शम्सेर अली नाउको परिवारका ९ जना बिरामी भएका छन् ।   

नालाको माछा खादा नौ जना बिरामी, एकको अवस्था चिन्ताजनक

नालाको माछा चनासँग खाँदा नाउको परिवारका नौ जना झाडा पखाला लागि बर्दिया जिल्ला अस्पतालमा भर्ना भएका छन् । आकस्मिक कक्षमा भर्ना भएकामध्ये ४ वर्षीया रोश्नी नाउको अवस्था चिन्ताजनक भएकोले नेपालगन्जस्थित नर्सिङ होममा रिफर गरिएको अस्पतालका डाक्टर आरिफ हास्मीले बताए ।

दुई दिनअघि भिजाएको चना र माछा खादा फुड पोइजिनिंग भएको डाक्टर हास्मीले बताए । बिरामी हुनेमा ४ वर्षदेखि ६५ वर्ष उमेरका रहेको अस्पतालले जनाएको छ । उपचारार्थ ८ जनाको अवस्था सामान्य रहेको डाक्टर हास्मीले जनाए ।

प्रकाशित : वैशाख ६, २०८१ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?