२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

घरमा आगलागी हुँदा १४ लाख बराबरको क्षति

आश गुरुङ

लमजुङ — लमजुङको क्व्होलासोथार गाउँपालिका ३ घलेगाउँको एउटा घर आगलागीले ध्वस्त बनाएको छ । आगलागीका कारण घरमा रहेका भाँडाकुँडा, लत्ताकपडा, नगद, गरगहनासहित सबै जलेको छ ।

घरमा आगलागी हुँदा १४ लाख बराबरको क्षति

वडाध्यक्ष आसबिर गुरुङका अनुसार मंगलबार बिहान ८ बजेतिर स्थानीय खरध्वोज गुरुङको घरमा आगलागी भएको हो । स्थानीयले घरपरिवारलाई जोगाउन सफल भए पनि घर र घरभित्रका सामानहरु जोगाउन नसकिएको वडाध्यक्ष गुरुङले बताए ।

घटनाबारे जानकारी पाउनेवित्तिकै अस्थायी प्रहरी पोष्ट मालिङबाट प्रहरी अधिकृत सहितको टोली घटनास्थलमा गएको थियो । प्रहरीका अनुसार आगलागीका कारण घरभित्र रहेको खाद्यान्न, नगद, सुन जल्दा १४ लाख १४ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईंले बताए । खरध्वोजका श्रीमान्/श्रीमती, छोराबुहारीहरु, नातीनातिनासहित १३ जनाको परिवार बस्दै आएकोमा खाद्यान्न तथा लत्तकपडा सबै जलेपछि उनीहरु समस्यामा परेका छन् ।

उनीहरुलाई होमस्टे सञ्चालन गर्दै आएको कोठाहरुमा बस्ने व्यवस्थापन गरिएको र राहत वितरणको तयारी भइरहेको वडाध्यक्ष गुरुङले बताए । विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख ११, २०८१ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?