१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५२

टिपर दुर्घटनामा एक जनाको मृत्यु

म्याग्दी — रघुगंगा गाउँपालिका-७ चिमखोलास्थित घैराबारीमा निर्माणाधिन ३७.५ मेगावाट क्षमताको राहुघाटमंगले जलविद्युत् आयोजनाको टिपर शनिबार दुर्घटना हुँदा एक मजदुरको मृत्यु भएको छ ।

टिपर दुर्घटनामा एक जनाको मृत्यु

रघुगंगा गापा-८ घ्याँसीखर्कस्थित आयोजना निर्माणस्थलमा सिमेन्ट पुर्‍याएर फर्कंदै गरेको लु २ ख ६११२ नम्बरको मालबाहक टिपर सडकदेखि तल खस्दा त्यसमा सवार दाङको वरैयाका ४० वर्षीय वीरबहादुर चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । तुँदीपावर कम्पनी प्रर्वद्धक रहेको राहुघाटमंगले जलविद्युत् आयोजनाका ठेकेदार कम्पनी रामेछाप शेर्पा कन्ट्रक्सनको टिपर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा परी टिपर चालक रुपन्देही जिल्ला देवीनगरका कमल श्रेष्ठ, सहचालक नवलपरारी जिल्लाको त्रिवेणी गापा, ६ का राहुलसिंह ठकुरी र आयोजनाका सव-इन्जिनियर रामेछापका भुवन कार्की रहेका छन् । घाइतेहरुलाई हेलिकोप्टरबाट पोखरास्थित मणिपाल शिक्षण अस्पताल पुर्‍याइएको छ ।

शव पोष्टमार्टमका लागि सरदमुकाम बेनी ल्याइएको छ । मृतक चौधरी आयोजनाको हेडसाईटमा बिग्रेका उपकरण मर्मत गरी पावरहाउस क्षेत्रमा फर्कंदै थिए । दुर्घटनाको कारण नखुलेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रकाशित : वैशाख ८, २०८१ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?