२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१५

हेटौंडाको कार्टुन फ्याक्ट्रीमा आगलागी

प्रताप विष्ट

हेटौंडा — हेटौंडा औद्योगिक क्षेत्रभित्र रहेको एक प्याकेजिङ उद्योगमा शुक्रबार राति आगलागी भएको छ ।  आगलागीबाट करिब एक करोड २५ लाख रुपैयाँबराबरको सामान जलेको छ ।

हेटौंडा उपमहानगरपालिका—८, औद्योगिक क्षेत्रभित्र रहेको हेल्पबक्स प्याकेजिङ प्रालि कार्टुन फ्याक्ट्रीमा शुक्रबार राति ११ वजे आगलागी भएको थियो । नेपाल प्रहरी,सशस्त्र प्रहरी, नगर प्रहरी र उपमहानगरपालिकाको दमकलको सहयोगमा शनिबार बिहान ५ बजेतिर मात्र आगो निभाउन सकिएको थियो ।

आगलागीवाट उद्योगभित्र रहेको उत्पादित कार्टुन र कच्चा पदार्थ सबै जलेर नष्ट भएको उद्योग सञ्चालक सञ्जीव मानन्धरले बताए । उनले भने, ‘करिब १ करोड २५ लाख मूल्यबराबरको सामान जलेर नष्ट भयो । के कसरी आगलागी भएको अनुसन्धान गर्दै छौँ ।’


प्रकाशित : वैशाख ८, २०८१ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?