कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

महादेवाको आगो निभाउन सेना र सशस्त्र प्रहरी खटाइयो

अवधेशकुमार झा

सप्तरी — सप्तरीको महादेवा गाउँपालिका-१ को बस्तीमा लागेको भीषण आगो निभाउन नेपाली सेना र सशस्त्र प्रहरीसमेत खटाइएको छ । 

महादेवाको आगो निभाउन सेना र सशस्त्र प्रहरी खटाइयो

स्थानीय र नेपाल प्रहरीको टोलीले आगो निभाउन नसकेपछि स्थानीय प्रशासनले सेना र सशस्त्र प्रहरीलाई पनि खटाएको हो । आगो निभाउन ३ वटा बारुणयन्त्र प्रयोग गरिएको छ ।

मंगलबार दिउँसोदेखि लागेको आगलागीबाट सय परिवारका २ सयभन्दा बढी घर, टहरा जलिसकेको वडाध्यक्ष जयकिशोर दासले जानकारी दिए । उनका अनुसार आगलागीबाट केही पशुचौपायासमेत मरेका छन् ।

अहिले नै क्षतिको विवरण आइनसकेको वडाध्यक्ष दासले बताए ।


प्रकाशित : वैशाख १८, २०८१ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?