२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८०

सुक्खा बन्दरगाह-एकीकृत सुरक्षा जाँच चौकी बीचको जग्गा अधिग्रहण

शंकर आचार्य

पर्सा — अधिग्रहण प्रक्रियामा रहेको वीरगन्ज महागनरपालिका-२५ स्थित सिर्सिया सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा जाँच चौकी बीचमा रहेको सिर्सिया खल्वाटोला गाउँको घरधुरी मुल्यांकन सक्किएको छ । सुक्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख रामप्रसाद मैनालीका अनुसार प्राविधिक टोलीले करिब २ महिना स्थलगत रुपमा खटिएर घरधुरीको मुल्यांकन कार्य सकाएको हो । 

सुक्खा बन्दरगाह-एकीकृत सुरक्षा जाँच चौकी बीचको जग्गा अधिग्रहण

सुक्खा बन्दरगाह भन्सारका अधिकृत ध्रुबप्रसाद कोइरी तथा सघन सहरी विकास कार्यालय वीरगन्जका ४ प्राविधिक समेत गरी ५ जनाको टोलीले यो काम सम्पन्न गरेको हो ।

‘१ सय ८३ घरधुरीको मुल्यांकन सक्किएको छ,’ उनले भने, ‘लगत संकलन पछि अब समितिले मुआब्जा समितिको आउँदो बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने छ ।’ प्रमुख जिल्ला अधिकारी संयोजक रहने मुल्यांकन समितिको बैठक सम्भवत डेढ साता पछि बस्ने उनले बताए ।

यस बाहेक स्थानीयको पोखरी, बालीनाली तथा रुख बिरुवाको मुल्यांकन गर्न छुट्टा-छुट्टै टोली खटिएको र तीनले पनि छिट्टैनै आफ्नो काम सम्पन्न गर्ने मैनालीले बताउछन् । हालसम्म स्थानीय जग्गा धनीले करिब ४ अर्ब ८० करोड रुपैयाँ मुआब्जा रकम बुझिसकेका छन् । मुद्दा मामिला तथा प्राविधिक जटिलता रहेका केही जग्गा धनी बाहेक अधिकांशले आफ्नो खेतको मुआब्जा बुझिसकेका छन् ।

सिर्सिया सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा जाँच चौकीको बीचमा पर्ने कूल ६२ बिघा जग्गाको ९ सय २० कित्ता जग्गा अधिग्रहण प्रक्रिया संघीय सरकारले ७ वर्ष अघि सुरु गरेको थियो । नेपाल सरकारको २०७३ पुस १७ को निर्णयले स्थानीयको जग्गा अधिग्रहण प्रक्रिया अघि बढेको हो ।

सरकारी मापदण्ड अनुसार, यहा मुआब्जा रकम सबै भन्दा बढी प्रति कठ्ठा ६७ लाख ७० हजार रुपैया र सबै भन्दा कम प्रति कठ्ठा २४ लाख ६० हजार रुपैया रहेको छ । करीब २ दशक अघि देखि संचालनमा रहेको सिर्सिया सुख्खा बन्दरगाह र करीब ६ बर्ष देखि सन्चालनमा रहेको एकीकृत सुरक्षा जाँच चौकीको बीचमा खल्वाटोला गाउँ र स्थानीयको खेत पर्छ ।

यी दुई ठूला संरचनाबीच रहेको यो मानव बस्ती र उनीहरुको खेतलाई पूर्ण रुपले अधिग्रहण गरेर मानव बस्ती हटाइएपछि दुबै संरचना एक अर्कासंग जोडिनेछन् ।

प्रकाशित : वैशाख ८, २०८१ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?