खोटेहाङमा किसानलाई राँगा वितरण
खोटाङ — खोटेहाङ गाउँपालिकाले किसानलाई राँगा वितरण गरेको छ । मासु प्रवर्द्धन गरी किसानको आयआर्जनका लागि गाउँपालिकाका किसानलाई मंगलबारसम्म ४९ वटा राँगा वितरण गरेको हो ।
संघीय सरकारको ससर्त अनुदानअन्तर्गत ९ लाख ६८ हजार बजेटबाट ९ वडामध्ये ८ वटा वडाका किसानलई राँगा वितरण गरेको पशु शाखा संयोजक दीपक राईले बताए । यसमा किसानले २५ प्रतिशत रकम ब्यहोरेको राईले बताए ।
राईका अनुसार वडा नम्बर १ लिकुवापोखरीमा १२, वडा नम्बर २ वाप्लुखामा ९, वडा नम्बर ३ सावाकटहरेमा ६, वडा नम्बर ४ बडकादियालेमा ३, वडा नम्बर ५ चिप्रिङमा ६, वडा नम्बर ६ इन्द्रेणीपोखरीमा २, वडा नम्बर ७ खोटाङबजारमा ६ र वडा नम्बर ८ सिम्पानीमा ५ जना किसानलाई एक–एक वटा राँगा वितरण गरेको हो ।
प्रतिक्रिया