१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४१

इलाम उपनिर्वाचन : कर्मचारीले नियुक्ति पत्र र खर्च बुझे

लक्ष्मी गौतम

इलाम — इलाम उपनिर्वाचनका लागि खटाइएका मतदान कर्मचारीले नियुक्ति पत्र र सामग्री बुझेका छन् । मतदानका लागि खटाइएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, मतदान कर्मचारी र सहायक कर्मचारीले मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्ति पत्रसँगै निर्वाचन खर्च र सामग्री बुझेका हुन् ।

इलाम उपनिर्वाचन : कर्मचारीले नियुक्ति पत्र र खर्च बुझे

उपनिर्वाचन हुनेमध्ये फाकफोकथुम, माङसेवुङ, चुलाचुली र माइ नगरपालिकामा खटाइएका कर्मचारी सामग्रीसहित आजै मतदान केन्द्रमा प्रस्थान गरेको जिल्ला निर्वाचन कार्यालय इलामका प्रमुख देवीचरण फुँयालले जानकारी दिए ।

यस्तै इलाम र देउमाइ नगरपालिकामा खटाइएका कर्मचारी भोलि बिहानै आ-आफ्ना मतदान केन्द्र प्रस्थान गर्ने तयारी छ । इलाम २ मा उपनिर्वाचनका लागि ७ सय ४५ कर्मचारी र ३ हजार सुरक्षाकर्मी खटाइएको छ । उपनिर्वाचनका लागि जिल्लामा ७९ मतदान स्थल र १ सय ४९ मतदान स्थल छन् ।





प्रकाशित : वैशाख ११, २०८१ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?