कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कपिलवस्तुमा होली उमंग

मनोज पौडेल

कपिलवस्तु — उल्लास र उमंग सञ्चार गर्ने पर्व होली बिहानैदेखि सदरमुकाम तौलिहवा र आसपासका क्षेत्रमा खेलेर मनाइँदै छ । सानादेखि ठूला सबैले रंग र अबिरको पर्व होली सडक, चोक, गल्ली र घर–घरमा खेलेका थिए । यहाँ बालबालिका, युवादेखि महिला र बुढापाका पनि सडकमा होली खेल्दै रमाइलो गरेका थिए ।

चोकचोकमा संगीत बजाएर रमाइलो गर्ने उत्तिकै थिए । रंग र अबिरसँगै नाचगान गर्दै रमाउने समूह पनि सडकमा उस्तै थिए ।

बजार र ग्रामीण क्षेत्र रंग, अविर, लोला र पिचकारीका रंगले रंगिएका छन् । बिहानैदेखि होलीका सामान पाइने पसलमा भिड थियो । तौलिहवा, प्रमुख व्यापारिक केन्द्र कृष्णनगर र चन्द्रौटा बजार होलीमय बनेको छ ।

आपसी मित्रता र सद्भाव प्रगाढ बनाउन होली खलेर खुसीयाली साटासाट गरिएको अवधि लोककला विशेषज्ञ पशुपणी त्रिपाठीले बताए । होलीमा हुनसक्ने अमर्यादित क्रियाकलाप र दुर्घटनालाई मध्यनजर गर्दै प्रहरीले ठाउँठाउँमा जाँच गरेर सुरक्षा सुदृढ गरेको छ ।

प्रकाशित : चैत्र १२, २०८० १४:११
प्रतिक्रिया
पठाउनुहोस्