मेड इन नेपाल : १५ वटा होटल पुर्याउँदै सोल्टी
अन्य मुलुकले १७ औं शताब्दीमै आफ्ना हिमचुचुरा आरोहण र पदयात्रा खुला गरिसक्दा पनि १९ औं शताब्दीको मध्यसम्म नेपालमा हिमाल आरोहण निषेध थियो । राजा त्रिभुवनको शासनकाल चलिरहेका बेला सन् १९५० जुनमा फ्रान्सेली आरोहीहरू मौरिस हर्जोग र लुइस लाचेनलले अन्नपूर्ण प्रथम आरोहण गरे । नेपालभित्रका हिमालमा नेपालभित्रैबाट भएको यो पहिलो सफल आरोहण थियो ।