हे पुरुष, अब महिलालाई पालो देऊ !
मैले लेख्न थालेको २० वर्ष नाघिसक्यो । तर, मेरो लेखनले पुरस्कार पाउला भन्ने कहिल्यै कल्पना गरिनँ । किनभने आजसम्मका पुरस्कृत कृतिभन्दा फरक किसिमको विषयमा कलम चलाइरहने म एक भुइँमान्छे हुँ । मैले लेख्ने कुरा, मैले खेल्ने समुदाय यस्तो छ कि, मानव सभ्यताको २१ औं शताब्दीमा पनि आफूलाई मान्छे हुँ भनेर प्रमाणित गर्न सकिरहेको छैन । जन्मनासाथ वस्तुको रूपमा अर्काको सामान भएर पहिचान दिइन्छ । त्यो वस्तुरूपी मान्छे हो– स्त्री अर्थात् छोरी ।