२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

छिचोलियो सुनकोशी-मरिण डाइभर्सन सुरुङ

खुर्कोट,सिन्धुली — सुनकोशी-मरिण डाइभर्सन सुरुङ बुधबार छिचोलिएको (ब्रेक थ्रु गरिएको) छ । सिन्धुलीस्थित सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीमा रहेको डाइर्भसन सुरुङको खन्न बाँकी केही सेन्टिमिटर दुरी खनेसँगै सुरुङ छिचोलिएको हो ।

छिचोलियो सुनकोशी-मरिण डाइभर्सन सुरुङ

प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सुरुङ छिचोल्ने काम भएको हो । उनले स्विच थिचेर सुरुङ छिचोलिएको घोषणा गरेका थिए । सुरुङ ब्रेक थ्रुको लागि दाहाल मंगलबार साँझ नै मुल्कोटमा आएर बसेका थिए ।

नेपाली सेनाको हेलिकोप्टर चढेर आएका दाहालले बुधबार बिहान आयोजनाका बारेमा जानकारी लिएका थिए । यस्तै सिन्धुली र रामेछापमा अगुवा कार्यकर्ता भेट गरेका थिए ।

मुल्कोटस्थित क्वालिटी बिच रिसोर्टमा बसेका दाहालले मंगलबार साँझै नजिकै रहेको सुनकोशी गाउँपालिकाको कार्यालय पुगेर जनप्रतिनिधिहरुसँग भेटेका थिए । भेटमा उनले स्थानीयको समस्याहरुका बारेमा जानकारी लिएका थिए ।

मरिण डाइभर्सन राष्ट्रिय गौरवको रूपान्तरणकारी आयोजना भएकाले बजेट अभाव हुन नदिने विश्वास दिलाउँदै प्रधानमन्त्री दाहालले आयोजनाको निर्माणकार्यका निम्ति सरकारको तर्फबाट सम्पूर्ण रूपले सहजीकरण गर्ने जानकारी गराए ।

प्रकाशित : वैशाख २६, २०८१ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?