२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सर्वदलीय बैठक : सहकारीको बचत अपचलनसम्बन्धी संसदीय छानबिन समिति बनाउन कांग्रेसको अडान

एउटा व्यक्ति मात्र होइन देशको उपप्रधान तथा गृहमन्त्रीमाथि प्रश्न उठेको छ । यो मुलुकमा संविधान र कानुनभन्दामाथि कोही छैन : रमेश लेखक, प्रमुख सचेतक कांग्रेस

काठमाडौँ — सभामुख देवराज घिमिरेले बोलाएको संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको बैठकमा कांग्रेसले सहकारीको बचत अपचलनको छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने आफ्नो अडान कायम राखेको छ ।

सर्वदलीय बैठक : सहकारीको बचत अपचलनसम्बन्धी संसदीय छानबिन समिति बनाउन कांग्रेसको अडान

अघिल्लो अधिवेशनदेखि नै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने समेत सहकारीको बचत अपचलनमा जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो । तर संसदीय समिति बनाउन सत्तारुढ दल तयार नभएपछि संसद्को अधिवेशन नै सकिएको थियो । अहिले बजेट अधिवेशन सुरू हुन लागेकाले कांग्रेसले आफ्नो अडान पुन राखेको हो ।

'संसदीय छानबिन समिति बनाउनुपर्ने कुरा गरेका छौं । सहकारीको बारेमा कुरा उठेपछि यसबारे स्पष्ट हुनु रविजीका लागि पनि रम्रो हुन्छ' कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने,'यो एउटा व्यक्ति मात्र होइन देशको उपप्रधान तथा गृहमन्त्रीमाथि उठेको प्रश्न हो ।' उनले यो मुलुकमा संविधान र कानुनभन्दामाथि कोही पनि नरहेकोले छानबिन समितिबाट टुंगोमा पुग्नुपर्ने बताए ।


प्रकाशित : वैशाख २५, २०८१ १४:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?