इलाम-२ मा कांग्रेसका खड्कालाई सुरुवाती अग्रता

इलाम — इलाम-२ को उपनिर्वाचनमा मतगणताको पहिलो प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । यहाँ नेपाली कांग्रेसका डम्बर खड्काले सुरुवाती अग्रता लिएका छन् । 

इलाम-२ मा कांग्रेसका खड्कालाई सुरुवाती अग्रता

फाकफोकथुम गाउँपालिकाका १ र २ वडाको खाम्वाङ सामुदायिक भवन, छाँयादेवी मावि आमचोक, जनज्योति आमावि, पछेवा, धार्नेखोप आमावि र राष्ट्रिय मावि, कोल्बोटेको कुल ४ हजार ९ सय ५४ मतमध्ये १५३९ मत गन्दा खड्काले ६५७ मत पाएका छन् । एमालेका सुहाङ नेम्वाङले ५३४ मत पाए । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन कुमार लिम्वुले ११५ र पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिं थेगिमले १८७ मत पाएका छन् ।

आइतबार बिहानको सर्वदलीय बैठकले पश्चिम इलामको फाकफोकथुम गाउँपालिकाको मत पत्र बाट गणना सुरु निर्णय भएको हो । फाकफोकथुम गाउँपालिकाको ७ वडामा ९ हजार ७ सय ४ मत खसेको छ ।

शनिबार सम्पन्न निर्वाचनमा जम्मा ६९ हजार २ ८७ मत खसेको थियो । कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको यो क्षेत्रमा इलाम नगरपालिकाको ११ वटा वडावाट २० हजार ६ सय ६५ मत खसेको थियो ।

देउमाइ नगरको ९ वटामा १५ हजार ९ सय ८० मत खसेको थियो । माङ्सेबुङ र चुलाचुलीका ६/६ वटाबाट क्रमशः ७ हजार २ सय ६ र ११ हजार १ सय ९८ तथा माइ नगरको ३ वटावाट ४ हजार ६ सय ३४ मत खसेको थियो ।

प्रकाशित : वैशाख १६, २०८१ १५:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?