१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४१

'इन्द्रेणी पर्यटन'मार्फत् नेपाललाई विश्वमाझ चिनाउन सकिन्छ : मन्त्री चौधरी

काठमाडौँ — महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि नेपालले अपनाएको समावेशी चरित्र विश्वमाझ पुर्‍याएर इन्द्रेणी पर्यटन भित्र्याउन लाग्नुपर्ने बताएकी छन् । 

'इन्द्रेणी पर्यटन'मार्फत् नेपाललाई विश्वमाझ चिनाउन सकिन्छ : मन्त्री चौधरी

नेपालमा पहिलोपटक आयोजना भएको इन्द्रेणी (रेन्बो) पर्यटन अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रदेश र स्थानीय तहमा रहेका पर्यटकीय क्षेत्रमा पनि इन्द्रेणी पर्यटन आकर्षित गर्न सकिने बताए ।

पहिलो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेकोमा आयोजक एवं सहयोगीलाई धन्यवाद दिँदै मन्त्री चौधरीले इन्द्रेणी पर्यटन क्षेत्रबाट थाइल्याण्डको कुल गार्हस्थ्य उत्पादनमा २० प्रतिशत योगदान रहेको तथ्य प्रस्तुत गरिन् । लैंगिक समानता नीति २०७७ मै लागू भएको जनाउँदै मन्त्री चौधरीले नीति परिमार्जन गर्नका निम्ति छुट्टै निकाय तोकिएको उल्लेख गरिन् ।

'लैंगिक समानता नीति २०७७ मा लागू भएको छ, पहिलो समलिङ्गी विवाह दर्ता भएको छ । विगतमा पनि यौनिक तथा लैंगिक अल्पसङ्ख्यक समुदायका लागि लुम्बिनी र कोशी प्रदेशमा अभिमुखीकरण र सचेतनाका कार्यक्रम सञ्चालन भएका थिए, अब सातै प्रदेशमा सञ्चालन गर्ने तयारीमा छौँ,' उनले भनिन् ।

प्रकाशित : वैशाख ८, २०८१ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?