१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६९

कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिष्कार गर्ने

पोखरा — कांग्रेसले गण्डकी प्रदेश सभाको बैठक बहिष्कार गर्ने भएको छ । सर्वोच्च अदातलले सरकारलाई दीर्घकालीन महत्त्वका निर्णय नगर्नु भन्ने आदेश दिएको अवस्थामा सरकारको सिफारिसमा प्रदेश सभा बैठक आह्वान हुनु आपत्तिजनक विषय भएको भन्दै कांग्रेसले बहिष्कार गर्ने निर्णय गरेको हो ।

कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिष्कार गर्ने

नेपाली कांग्रेस, गण्डकी प्रदेश संसदीय दलको शुक्रबार बसेको बैठकले सभामुखलाई ध्यानाकर्षण गराउँदै बैठक नचलाउने आग्रह गरेको छ।

'सम्मानित सर्वोच्च अदालतबाट भएको अन्तरिम आदेश, संविधान र विद्यमान कानुनको वेवास्ता गर्दै गरिएका यस्ता असंवैधानिक क्रियाकलापहरुप्रति गम्भीर असहमति जनाउँदै मिति २०८१।०१।०७ गते ३ बजे बोलाइएको प्रदेश सभा बैठक र सम्मानित सर्वोच्च अदालतबाट मुद्दाको अन्तिम फैसला नहुँदा सम्म आह्वान गरिने प्रदेश सभाको कुनैपनि बैठकमा हामी नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरुले सहभागी नहुने मिति २०८१।०१।०७ गतेको नेपाली कांग्रेस संसदीय दलको बैठकले निर्णय गरेको जानकारी गराउँदछौँ' कांग्रेस प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले भनेका छन्,' तसर्थ सम्मानित सर्वोच्च अदालतमा बिचाराधीन मुद्दाको अन्तिम किनारा नलाग्दासम्म प्रदेश सभाको बैठक संचालन गर्नु संवैधानिक दृष्टिले त्रुटिपूर्ण र संसदीय मर्यादा एवं परम्परा विपरीतसमेत हुने भएकाले प्रदेश सभा बैठक सञ्चालन नगर्न/नगराउन अनुरोध गर्दछौँ।'

गण्डकी प्रदेश सभाको बैठक शुक्रबार ३ बजेका लागि तोकिएको छ । 'गण्डकी प्रदेश सभाको अधिवेशन बोलाइएकोले उक्त अधिवेशन बोलाउने कार्य गैरकानूनी एवं सम्मानित सर्वोच्च अदालतको २०८०।१२।२८ को अन्तरिम आदेशको समेत विपरीत कार्य हो' कांग्रेसले भनेको छ,' तसर्थ सम्मानित सर्वोच्च अदालतबाट दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नगर्नु नगराउनु भन्ने अन्तरिम आदेश जारी भएको परिस्थितिमा सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश र मुद्दाको पेशी समेतलाई वेवास्ता गर्दै अदालतको आदेशको समेत अवहेलना हुने गरी प्रदेश सभा अधिवेशन आह्वान गर्न सिफारिस गर्नु र मा. प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्नु अर्को गैरजिम्मेवार कदम हो ।'

प्रकाशित : वैशाख ७, २०८१ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?