कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओलीले भने : पुष्पकमल दाहाल नै पूरै कार्यकाल प्रधानमन्त्री हुन्छन् कि !

अर्जुन शाह

धनगढी — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री हुन त्यति मन नरहेको बताएका छन् । मंगलबार धनगढीमा पत्रकारहरूसँग पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले अब प्रधानमन्त्री हुने आफ्नो इच्छा नरहेको बताएका हुन् । 

ओलीले भने : पुष्पकमल दाहाल नै पूरै कार्यकाल प्रधानमन्त्री हुन्छन् कि !

‘माओवादी अध्यक्ष पुष्पकमल दाहाल र तपाईंबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको हो’ भन्ने प्रश्नमा ओलीले भने, ‘अरु कोही अगाडि सरेको पनि छैन, पूरै कार्यकाल पुष्पकमल दाहाल नै प्रधानमन्त्री हुन्छन् कि !’

प्रदेश सरकारका विषयमा छलफल भइरहेकाले यसबारे अहिले बोल्न आवश्यक नरहेको उनले बताए । सोमबार एमाले डडेलधुराको जिल्ला अधिवेशन उद्घाटन गरेर धनगढी फर्किएका ओली मंगलबार काठमाडौं फर्किएका छन् ।


प्रकाशित : चैत्र ६, २०८० १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?