कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत दिने, सरकारमा नजाने

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत दिने निर्णय गरेको छ । बुधबार बसेको एमाले प्रदेश संसदीय दलको बैठकले विश्वासको मत लिने तर सरकारमा सहभागी नहुने निर्णय गरेको संसदीय दलका उपनेता सन्तोषकुमारी शर्मा थापाले बताइन् । मुख्यमन्त्री सोडारीले बिहीबार विश्वासको मत लिँदै छन् ।

ओलीको प्रश्न : कांग्रेसको घरबाट ल्याएको संसद् हो यो ?

प्रमुख प्रतिपक्ष कांग्रेसले सहकारीको बचत रकम हिनामिना गरेको आरोपमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन माग गर्दै निरन्तर संसद् अवरुद्ध गरेकोमा सत्तारुढ एमालेका अध्यक्ष केपी शर्मा ओलीले आक्रोश व्यक्त गरेका छन् । 

कांग्रेसले नै गिरीबन्धु टि-स्टेटको ७० बिघा जग्गा कमिसन खाएर बेच्यो : ओली

सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टि-स्टेटको जमिन कांग्रेसले नै कमिसन खाएर बेच्न दिएको आरोप लगाएका छन् । पछिल्लो समय ओली प्रधानमन्त्री हुँदा भएको टि स्टेटकको जग्गा ब्रिक्री गर्ने सम्बन्धमा भएको निर्णयमाथि एमाले नेतृत्वलाई प्रश्न उठिरहेका बेला ओलीले भने कांग्रेसलाई नै आरोप लगाएका हुन् ।

साढे नौ अंकले घट्यो नेप्से

सेयर कारोबार मापम नेप्से परिसूचक नेप्से बुधबार ९.५४ अंकले घटेर २ हजार १७.९७ अंकमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.४७ प्रतिशतले कम हो । गत बिहीबार यता निरन्तर बढेको नेप्से बुधबार घटेको हो ।

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ

उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्ट्याउँदै क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।

व्यास नगरपालिकामा पुनः मतगणना गर्न अदालतको आदेश

तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । व्यास नगरपालिकाका प्रमुखका उम्मेदवार दीपकराज जोशीले दायर गरेको रिटमा मङ्गलबार अन्तिम सुनुवाइ गर्दै अदालतले निवेदकको दाबी पुग्ने फैसला गरेको हो  । 

काठमाडौं महानगरद्वारा बजार अनुगमन तीव्र

काठमाडौं महानगरपालिकाले घरवहाल कर लगायतको बजार अनुगमनलाई तीव्र पारेको जनाएको छ । वैशाख २१ गतेबाट सुरु गरेको महानगरको घरवहाल कर लगायतको बजार अनुगमन आजसम्म पनि जारी छ ।

सहकारीको बचत अपचलन : गृहमन्त्री लामिछानेको संलग्नता छानबिनको माग गर्दै नेविसंघको प्रदर्शन

कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सहकारीको बचत अपचलनमा गृहमन्त्री रवि लामिछाने पनि संलग्न रहेकाले छानबिन समिति गठन माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । कांग्रेसले संघीय संसद्‌मा समेत यही माग राखिरहेको बेलामा भातृ संगठन पनि सडकमा उत्रिएको हो । प्रदर्शनमा नेविसंघले गृहमन्त्री रवि लामिछाने र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गरेको छ ।

यार्सा संकलन गर्न जाँदा बिरामी परेका युवाको उद्धार

यार्सा संकलनका लागि एकसातादेखि डोल्पाको पाटनमा बिरामी परेर थलिएका जुम्ला पातारासीका ओमप्रकाश बुढाको उद्धार गरिएको छ । डोल्पाको साल्दाङ फोतगाउॅ क्षेत्रमा अलपत्र परेर अस्वस्थ भएका पातारासी-३ मोहरीगाउॅका बुढालाई हेलिकप्टरबाट उद्धार गरिएको हो ।

'कान्तिपुर हाफ म्याराथन २०८१' मा सहभागी हुन  खेलाडी दर्ताको समय जेठ ३ सम्म थपियो

'कान्तिपुर हाफ म्याराथन २०८१' मा सहभागी हुन  खेलाडी दर्ताको समय जेठ ३ गते (बिहीबार) सम्म थपिएको छ । खेलाडी दर्ता कान्तिपुरको केन्द्रीय कार्यालय थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कमा आएर वा ईसेवाबाट गर्न सकिनेछ  ।

अपांगता भएका व्यक्तिको माग पूरा गर्न कांग्रेसको आग्रह

नेपाली कांग्रेसले पूर्णअशक्त अपांगता भएका व्यक्तिको अधिकारको माग गर्दै रत्नपार्कमा जारी आन्दोलनका माग पूरा गर्न सरकारसँग माग गरेको छ । 

सवारी दुर्घटना र क्षति न्यूनीकरण गर्न राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता 

सवारी दुर्घटना र त्यसको क्षति न्यूनीकरण गर्नेसम्बन्धी आवश्यक व्यवस्था गर्न माग गर्दै राष्ट्रिय सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । 

उप्रधानमन्त्री लामिछाने र स्वीडेनका राजदूत थेलेफबीच भेटवार्ता

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि स्वीडेनका राजदूत जन थेलेफले शिष्टाचार भेटवार्ता गरेका छन् ।

एमाले संसदीय दलको बैठक जारी

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) संसदीय दलको बैठक चलिरहेको छ । बुधबार मध्यान्ह नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक जारी छ।

पुरिएका संरचना उकास्दै कागबेनीका बाढीपीडित

कागबेनीका दाबा दोर्जे गुरुङ गत साउनको बाढीले पुरेको घर मर्मत–सम्भारमा व्यस्त छन् । बाढीले थुपारेको ढुंगा, माटो हटाउन भदौदेखि नै सुरु गरेका उनले चैत अन्तिममा भुइँतला बस्नलायक बनाए । माथिल्लो तलामा थुप्रिएको गेग्रान त सफा गरे तर बस्नलायक बनाउन अझै समय लाग्ने उनी बताउँछन् । ‘तल्लो तला फिनिसिङ गर्दा ४० लाख खर्च भइसक्यो,’ उनले भने, ‘माथिल्लो तला फिनिसिङ गर्न पैसा छैन ।’ 

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
घुन्सा क्षेत्र दुई सातादेखि सञ्चार सम्पर्कविहीन  

घुन्सा क्षेत्र दुई सातादेखि सञ्चार सम्पर्कविहीन  

आनन्द गौतम

पर्यटकीय सिजन चलिरहँदा कञ्चनजंघा हिमालको आधार शिविर घुन्सा क्षेत्र दुई सातादेखि सञ्चार सम्पर्कविहीन भएको छ ।

केबलकार बनाउन रुख काटेको भन्दै मेची राजमार्ग र तमोर करिडोरमा यातायात बन्द 

केबलकार बनाउन रुख काटेको भन्दै मेची राजमार्ग र तमोर करिडोरमा यातायात बन्द 

आनन्द गौतम

पाथीभरा केबलकार निर्माण क्षेत्रका रुख कटान गरिएको विरोधमा ताप्लेजुङ जिल्ला, मेची राजमार्ग र तमोर करिडोरमा यातायात बन्द गरिएको छ । 

धनकुटामा टिपरको ठक्करबाट बालकको मृत्यु

धनकुटामा टिपरको ठक्करबाट बालकको मृत्यु

रमेशचन्द्र अधिकारी

कोशी राजमार्गको धरान–धनकुटा खण्ड अन्तर्गत धनकुटाको साँगुरीगढी-६ स्थित चारखोलेमा मंगलबार बिहान टिपरको ठक्करबाट एक बालकको ज्यान गएको छ ।

कांग्रेसको बहिष्कारबीच कोशीमा विश्वासको मत

कांग्रेसको बहिष्कारबीच कोशीमा विश्वासको मत

पर्वत पोर्तेल

कांग्रेस सांसदको बहिष्कारबीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार विश्वासको मत लिएका छन् । संसद्मा उपस्थित ६२ मध्ये ५७ सांसदले उनलाई विश्वासको मत दिए । कांग्रेसले बहिष्कार गर्दा विपक्षमा शून्य मत रह्यो । राप्रपाका ५ सांसद तटस्थ बसे । 

नि:शुल्क आँखा शिविरमा १४० जनाको शल्यक्रिया

नि:शुल्क आँखा शिविरमा १४० जनाको शल्यक्रिया

डम्बरसिं राई

दिक्तेलमा भएको निःशुल्क आँखा शिविरमा एक सय ४० जनाको आँखाको शल्यक्रिया गरिएको छ ।

कोशीमा कांग्रेसले भन्यो- \'मुद्दा छिनोफानो नभएसम्म प्रदेशसभामा उपस्थित हुदैनौँ\'

कोशीमा कांग्रेसले भन्यो- 'मुद्दा छिनोफानो नभएसम्म प्रदेशसभामा उपस्थित हुदैनौँ'

कान्तिपुर संवाददाता

कोशी प्रदेशमा नेपाली कांग्रेसले मुख्यमन्त्री नियुक्तिका विषयमा सर्वोच्च अदालतमा विचाराधीन मुद्दा किनारा नलाग्दासम्म प्रदेशसभाको बैठकमा सहभागी नहुने जनाएको छ । 

कोशी बाट थप
मधेशमा जनमतलाई फकाउँदै एमाले-माओवादी, मुख्यमन्त्री बटमलाइन

मधेशमा जनमतलाई फकाउँदै एमाले-माओवादी, मुख्यमन्त्री बटमलाइन

अजित तिवारी

मधेश प्रदेशमा सरकार बनाउन निर्णायक बनेको जनमत पार्टीले मुख्यमन्त्रीलाई बटमलाइन लिएको छ । एमाले–माओवादी गठबन्धनसहितकै गठबन्धनमा जनमत पार्टीको नेतृत्वमा मधेशमा सरकार गठन हुनुपर्ने उसको उडान छ । 

लहानमा आक्रमण गरी डकैती, ५ जना घाइते

लहानमा आक्रमण गरी डकैती, ५ जना घाइते

विनय आजाद

लहान नगरपालिका-१७, एकरतियामा डकैती भएको छ । गएराति ५-७ जनाको समूहमा आएका हतियारधारी डाँका समूहले चार वटा घरमा लुटपाट गरेका हुन् ।

डिएपी मलको आयात हुन अझै एक साता लाग्ने 

डिएपी मलको आयात हुन अझै एक साता लाग्ने 

शंकर आचार्य

कोलकाता आइसकेको कृषि सामग्री कम्पनीको २० हजार टन डिएपी मल नेपाल भित्रिन अझै एक साता लाग्ने भएको छ । नेपालमा डिएपी मलको चरम अभाव छ । ठेकेदार आदित्य बिरला ग्लोबल ट्रेडिङ्ग (सिङ्गापुर) प्रालिले चीनबाट खरिद गरी ल्याएको डिएपी मल कोलकाता बन्दरगाहमा बैशाख २७ गते नै आइपुगेको हो ।

भारतले दिएको एम्बुलेन्स आफूखुसी प्रयोग गरेको अरोप

भारतले दिएको एम्बुलेन्स आफूखुसी प्रयोग गरेको अरोप

शिव पुरी

भारत सरकारले बिरामीलाई उपचार सेवाका लागि रौतहटको एक गैरसरकारी संस्थालाई  सहयोग स्वरुप दिएको एम्बुलेन्स तीन वर्षदेखि अध्यक्ष आफैँले जनकपुरमा राखेको पाइएको छ । उक्त एम्बुलेन्स दुरुपयोग भएको भन्दै जिल्ला प्रशासन कार्यालय जनकपुरमा निवेदन दिए पनि अहिलेसम्म कुनै कारवाही गरेको छैन । 

सहकारीको ८० लाख लुट्ने दुई पक्राउ

सहकारीको ८० लाख लुट्ने दुई पक्राउ

अजित तिवारी

जनकपुरको एक बैंकबाट सहकारी संस्थाको ८० लाख रुपैयाँ झिकेर लग्दै गर्दा बाटैमा नगद लुटेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट १४ लाख ५३ हजार रुपैयाँ पनि बरामद भएको धनुषा प्रहरीले जनाएको छ । 

स्रोत नखुलेको करिब सात लाख रकमसहित युवक पक्राउ

स्रोत नखुलेको करिब सात लाख रकमसहित युवक पक्राउ

कान्तिपुर संवाददाता

महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा प्रहरीले स्रोत नखुलेको करिब सात लाख रकमसहित एक युवकलाई पक्राउ गरेको छ ।

मधेस बाट थप
भरतपुरको छ लेन सडक निर्माण अन्तिम चरणमा

भरतपुरको छ लेन सडक निर्माण अन्तिम चरणमा

कान्तिपुर संवाददाता

भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रको पुल्चोक–गोन्द्राङ छ लेन सडकखण्ड निर्माण ८५ प्रतिशत सम्पन्न भएको छ । चालु आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन नभए पनि थप बजेट निकासा गरी कामलाई गति दिइएको हो । 

मलामी सवार जिप दुर्घटना हुँदा १४ घाइते

मलामी सवार जिप दुर्घटना हुँदा १४ घाइते

केदार शिवाकोटी

दोलखाको मेलुङ गाउँपालिका-१ पवटीमा मलामी सवार बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

चितवन निकुञ्जमा साउनयता पर्यटनबाट २६ करोड आम्दानी

चितवन निकुञ्जमा साउनयता पर्यटनबाट २६ करोड आम्दानी

रमेशकुमार पौडेल

चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म चितवन राष्ट्रिय निकुञ्जले पर्यटन मार्फत २६ करोड ७१ लाख ५३ हजार ५० रुपैयाँ राजश्व आम्दानी गरेको छ । चितवन निकुञ्ज दुर्लभ वन्यजन्तु ठूलो एकसिंगे गैंडा, पाटो बाघ, घडियाल गोहीलगायतका जीवजन्तुको नेपालमा मुख्य बासस्थल हो । नेपालको पहिलो निकुञ्ज चितवन निकुञ्ज वन्यजन्तु पर्यटनको मुख्य गन्तब्य समेत हो ।

सवारी दुर्घटनाका फरार प्रतिवादी ११ वर्षपछि पक्राउ

सवारी दुर्घटनाका फरार प्रतिवादी ११ वर्षपछि पक्राउ

ज्योती श्रेष्ठ

सवारी दुर्घटनाका फरार प्रतिवादीलाई ११ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले रोशी गाउँपालिका-८ का  ३२ वर्षीय सुदिप ठकुरीलाई पक्राउ गरेको हो । उनी बस चालक हुन् । 

मोटरसाइकल दुर्घटना हुँदा महिलाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा महिलाको मृत्यु

रासस

चौतारा साँगाचोकगढी नगरपालिका-८ स्थित अरनिको राजमार्गको जल्किने मोडमा आइतबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

चितवनमा विद्यार्थी लिन हिँडेकाे स्कुलबसमा आगजनी

चितवनमा विद्यार्थी लिन हिँडेकाे स्कुलबसमा आगजनी

रमेशकुमार पौडेल

भरतपुरकाे मंगलपुर नजिक कल्याणपुरकाे स्मलहेभन स्कुलकाे बसमा आइतबार बिहान आगजनी भएकाे छ । भरतपुरकाे पश्चिम क्षेत्रका विद्यार्थी लिन जाँदै गरेकाे बसलाई ६ जनाले राेकेर चालक सहचालकलाई बााहिर निकालेर आगजनी गरेकाे चितवन प्रहरीले जनाएकाे छ । घटना हुँदा बसमा विद्यार्थी थिएनन् ।

वाग्मती बाट थप
व्यास नगरपालिकामा पुनः मतगणना गर्न अदालतको आदेश

व्यास नगरपालिकामा पुनः मतगणना गर्न अदालतको आदेश

रासस

तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । व्यास नगरपालिकाका प्रमुखका उम्मेदवार दीपकराज जोशीले दायर गरेको रिटमा मङ्गलबार अन्तिम सुनुवाइ गर्दै अदालतले निवेदकको दाबी पुग्ने फैसला गरेको हो  । 

१६ वर्षअघिको बहुविवाहमा कान्छी पत्नी पक्राउ

१६ वर्षअघिको बहुविवाहमा कान्छी पत्नी पक्राउ

प्रकाश बराल

दोस्रो विवाह गरेको १६ वर्ष भयो । १४ वर्षकी छोरी र ११ वर्षका छोरासमेत छन् । पति कोपिलामणि एक महिनाअघि वैदेशिक रोजगारीका लागि विदेश उडे । घरव्यवहार चलाइरहेकी ४० वर्षीया सदीक्षा पौडेललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काम छ भनेर बोलाउँदै ल्याएर हिरासतमा राखेको हो ।

‘मौसमी’ खेतीले नारायणी बगर हराभरा

‘मौसमी’ खेतीले नारायणी बगर हराभरा

नवीन पौडेल

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सयौं विगाहा खेती योग्य जमिन नारायणी नदीको बाढीले पटान गर्यो । खेतीयोग्य जग्गा पूरै बगर भएपछि स्थानीयले खेतीपाती गर्न छाडे । दुई वर्षदेखि भने नारायणी बगर हरियाली बनेको छ । हिउँदमा उजाड बनेको बगरमा अहिले करौडौं रुपैयाँको तरभुजा र खरभुजा उत्पादन भइरहेको छ ।

पोखराको प्राइम सहकारीमा डेढ अर्ब हिनामिना, ८ पक्राउ

पोखराको प्राइम सहकारीमा डेढ अर्ब हिनामिना, ८ पक्राउ

दीपक परियार

पोखरा–४ गैह्रापाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा बचतकर्ताको डेढ अर्ब रुपैयाँभन्दा बढी हिनामिना भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको छ ।

लायन्स क्लबको सहयोगमा विज्ञान प्रयोगशाला

लायन्स क्लबको सहयोगमा विज्ञान प्रयोगशाला

घनश्याम खड्का

लायन्स क्लब अन्तर्राष्ट्रिय फाउण्डेसनको मेसिन ग्राण्ड तथा स्थानीय लायन्स क्लबहरुले म्याग्दी बहुमुखी क्याम्पसमा ५ कोठे भवनसहित विज्ञान प्रयोगशाला निर्माण गरिदिएका छन् । 

म्याग्दी पूर्ण खोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा

म्याग्दी पूर्ण खोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा

घनश्याम खड्का

म्याग्दीलाई १६ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । 

गण्डकी बाट थप
एमाले रुपन्देहीको अधिवेशन सर्‍यो 

एमाले रुपन्देहीको अधिवेशन सर्‍यो 

घनश्याम गौतम

नेकपा एमाले रुपन्देहीको जिल्ला अधिवेशन सरेको छ । जेठ १६ र १७गतेका लागि तय भएको जिल्ला अधिवेशनका लागि प्रमुख अतिथि पार्टी अध्यक्ष केपी शर्मा ओलीको समय नमिलेपछि आगामी जेठ २३ र २४ गते गर्ने गरी सारिएको हो । 

लागू औषधसहित दुई जना पक्राउ

लागू औषधसहित दुई जना पक्राउ

सन्जु पौडेल

रुपन्देही प्रहरीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ । सिद्धार्थनगर नगरपालिका–१ बेलहियास्थित लागू औषधको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, बेलहियाबाट खटिएको टोलीले सिद्धार्थनगर-१ कि २६ वर्षीया मञ्जु गुप्तालाई नियन्त्रणमा लिएको हो ।

सर्पले डसेर बालकको मृत्यु

सर्पले डसेर बालकको मृत्यु

नारायण शर्मा

चार दिन अघि घरमै सर्पले डसेको एक बालकको आज बिहान मृत्यु भएको छ । जिल्ला प्रहरीका अनुसार मध्यबिन्दु नगरपालिका-१२ ज्वाइँथरका ७ वर्षीय बालक प्रिजन कुमाललाई घरमै खेल्दै गर्दा गत शुक्रबार सर्पले डसेको थियो ।

सांसद भएको महिना दिन नपुग्दै राज्यमन्त्री बनेकी हसीना खान

सांसद भएको महिना दिन नपुग्दै राज्यमन्त्री बनेकी हसीना खान

रुपा गहतराज

डुडुवा गाउँपलिका –३, हलबल डोली गाउँकी हसीना खानको कलिलैमा बिहे भयो । पढ्ने उमेरमा बिहे गरेर गृहस्थी बनेकी उनी आफैँले पनि सोचेकी थिइनन् कि चुलाचौकादेखि सिंहदरबारसम्मको यात्रा यति छोटो हुन्छ भनेर । अप्रत्यासितरुपमा वैशाख पहिलो साता समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य बनेर संसद् छिरेकी खानले सोमबार स्वास्थ्य राज्यमन्त्रीको शपथ लिएकी छन् ।

 बलात्कारको आरोपमा एक पक्राउ

 बलात्कारको आरोपमा एक पक्राउ

कमल पन्थी

प्रहरीले ११ वर्षिय बालिकालाई बालात्कार गरेको अभियोगमा एक ३२ वर्षिय पुरुषलाई पक्राउ गरेको छ । बालिकालाई ललाई फकाई घर नजिक रहेको सामुदायिक वनमा बलत्कार गरेको प्रहरीले जनाएको छ । 

थारु सांस्कृतिक संग्रहालयमा खचाखच पर्यटक

थारु सांस्कृतिक संग्रहालयमा खचाखच पर्यटक

वीरेन्द्र केसी

दाङ थारु जातिको आधारभूमि मानिन्छ । थारुका प्रथम राजा दंगीशरणले शासन गरेको विश्वासका आधारमा दाङको पश्चिम क्षेत्रको गाउँपालिकाको नाम दंशीशरण नामाकरण गरिएको छ । 

लुम्बिनी बाट थप
लिफ्ट खानेपानी योजनाको काम सुस्त, स्थानीयलाई सास्ती

लिफ्ट खानेपानी योजनाको काम सुस्त, स्थानीयलाई सास्ती

विप्लव महर्जन

शारदा नगरपालिका–१४ र १५ माल्नेटामा विश्व बैंकको आर्थिक सहयोगमा संचालित बृहत लिफ्ट खानेपानी योजनाको काममा ढिलासुस्ती गर्दा खानेपानीको लागि स्थानीयलाई सास्ती भएको छ । विभिन्न कारण देखाउँदै सगरमाथा ड्रिलिङ निर्माण सेवाले काममा ढिलाई गर्दा माल्नेटाका स्थानीयलाई खानेपानीको लागि सास्ती भएको हो ।

वीरेन्द्रनगरमा विदेशी भाषा पढाउने प्रतिस्पर्धा

वीरेन्द्रनगरमा विदेशी भाषा पढाउने प्रतिस्पर्धा

कृष्णप्रसाद गौतम

वीरेन्द्रनगर नगरपालिका–१३ नं. वडा कार्यालयले वैशाख १४ गते विभिन्न विदेशी भाषा पढाउन ५० प्रतिशत छुट दिने भन्दै सूचना प्रकाशित गर्‍यो । जसअनुसार वडाका झण्डै ५० युवा छनोट भएका छन् । उनीहरुले अब ५० प्रतिशत छुटमा कोरियन, जापानिज र अंग्रेजी भाषा सिक्नका लागि ३ र ६ महिने कक्षा लिनेछन् ।

यार्सा संकलन गर्न जाँदा बिरामी परेका युवाको उद्धार

यार्सा संकलन गर्न जाँदा बिरामी परेका युवाको उद्धार

डीबी बुढा

यार्सा संकलनका लागि एकसातादेखि डोल्पाको पाटनमा बिरामी परेर थलिएका जुम्ला पातारासीका ओमप्रकाश बुढाको उद्धार गरिएको छ । डोल्पाको साल्दाङ फोतगाउॅ क्षेत्रमा अलपत्र परेर अस्वस्थ भएका पातारासी-३ मोहरीगाउॅका बुढालाई हेलिकप्टरबाट उद्धार गरिएको हो ।

रारामा प्लाष्टिक प्रतिबन्ध 

रारामा प्लाष्टिक प्रतिबन्ध 

राजबहादुर शाही

कर्णालीकै उत्कृष्ट पर्यटकीय गन्तव्य राराको सुन्दरता जोगाउन भन्दै प्लाष्टिक प्रतिबन्ध लगाइएको छ ।

योजना माग्न मन्त्रालय धाउनु पर्दैन : मुख्यमन्त्री कँडेल

योजना माग्न मन्त्रालय धाउनु पर्दैन : मुख्यमन्त्री कँडेल

ज्योति कटुवाल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बजेट निर्माणका सम्बन्धमा मन्त्रालयहरुमा योजना माग्ने प्रवृत्तिलाई निरुत्साहित गरिने बताएका छन् ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी क्षेत्रमा विद्युतीकरण गरिने

कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी क्षेत्रमा विद्युतीकरण गरिने

कान्तिपुर संवाददाता

सरकारले आगामी आर्थिक वर्षभित्र कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी रहेका क्षेत्रमा विद्युतीकरण गरिने बताएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी क्षेत्रमा विद्युतीकरण गरिने जानकारी गराएका हुन् ।

कर्णाली बाट थप
सुदूरपश्चिमका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत दिने, सरकारमा नजाने

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत दिने, सरकारमा नजाने

अर्जुन शाह

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत दिने निर्णय गरेको छ । बुधबार बसेको एमाले प्रदेश संसदीय दलको बैठकले विश्वासको मत लिने तर सरकारमा सहभागी नहुने निर्णय गरेको संसदीय दलका उपनेता सन्तोषकुमारी शर्मा थापाले बताइन् । मुख्यमन्त्री सोडारीले बिहीबार विश्वासको मत लिँदै छन् ।

लागुऔषध प्रयोग भयावह : तीन महिनामा ७७ जना पक्राउ

लागुऔषध प्रयोग भयावह : तीन महिनामा ७७ जना पक्राउ

भवानी भट्ट

दुई साताअघि लागुऔषधको प्रयोगबाट भीमदत्त नगरपालिका र बेदकोटमा गरी दुई जनाको मृत्यु भयो । प्रहरीका अनुसार उनीहरुले ‘ओभर डोज’ प्रयोग गरेका थिए । दुवैको उमेर ३०/३५ वर्ष हाराहारी थियो ।

शिक्षक–विद्यार्थी लेकतिर, विद्यालय बन्द

शिक्षक–विद्यार्थी लेकतिर, विद्यालय बन्द

मनोज बडू

यार्सा संकलन गर्न शिक्षक–विद्यार्थी लेकतिर गएपछि अपीहिमाल गाउँपालिकाका विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाभरिका शिक्षक, अभिभावक र विद्यार्थी यार्सागुम्बा संकलनका लागि लेक उक्लिएपछि कक्षा सञ्चालन गर्ने अवस्था नहुँदा विद्यालय बन्द भएका हुन् ।

कैलालीमा एम्बुलेन्स दुर्घटना, किशोरीको मृत्यु 

कैलालीमा एम्बुलेन्स दुर्घटना, किशोरीको मृत्यु 

अर्जुन शाह

कैलालीमा पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिकाको बलचौरमा मंगलबार बिहान भारतीय एम्बुलेन्स दुर्घटना भएको छ । उक्त दुर्घटनामा परि बर्दियाको राजापुर नगरपालिका ९ कि १८ वर्षीया अञ्जली परियारको मृत्यु भएको छ । 

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने

अर्जुन शाह

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी जेठ ३ गते विश्वासको मत लिने भएका छन् । प्रदेशसभा सचिवालयले त्यसदिन बिहान सवा १० बजेका लागि बैठक आह्वान गरेको छ । 

नदीमा डुबेर कैलालीमा दुई बालबालिकाको मृत्यु

नदीमा डुबेर कैलालीमा दुई बालबालिकाको मृत्यु

अर्जुन शाह

कैलारी गाउँपालिका-८ का दुई जना बालबालिकाको नदीमा डुबेर मृत्यु भएको छ । लहरपुर तेडी नदीमा नुहाउने क्रममा आइतबार दिउँसो ७ वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साउदको मृत्यु भएको गाउँपालिका अध्यक्ष रामसमझ चौधरीले बताए ।

सुदूरपश्चिम बाट थप

आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्‍याउने लक्ष्य

आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले बुधबार यहाँ सार्वजनिक गरेको सोह्रौँ योजनाको लक्ष्यअन्तर्गत आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको हो । 

नेपाली खेलाडीको बलियो चुनौती

पेरिस ओलम्पिकका लागि दक्षिण एसियाली टेबलटेनिस छनोटको पुरुष फाइनलमा भिड्ने दुवै खेलाडी नेपाली हुन सक्ने छ त ? या हुनसक्छन् दुवै खेलाडी श्रीलंकन पनि ? लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा चलिरहेको छनोट एक प्रकारले नेपाल भर्सेस श्रीलंकामा परिणत भएको छ ।

दिल्लीको झिनो आशा अझै कायम

अभिषेक पोरेल र ट्रिस्टन स्टब्सको आक्रामक अर्धशतकमा दिल्लीले आफ्नो अन्तिम लिग चरणको खेलमा मंगलबार लखनऊ सुपर जायन्ट्सलाई १९ रनले हराएको छ । यो जितपछि दिल्लीको १४ खेलबाट १४ अंक भएको छ ।

इंग्लिस प्रिमियर लिग : सिटी लगातार चौथो उपाधिनजिक

इर्लिङ हालान्डको दुई गोलमा म्यानचेस्टर सिटीले मंगलबार इंग्लिस प्रिमियर लिगमा टोटनहमलाई २–० ले हराएको छ । जितसँगै सिटी लगातार चौथो लिग उपाधिको नजिक पनि पुगेको छ । नर्वेली खेलाडी हालान्डले ५१ औं मिनेटमा पहिलो गोल गरे ।

पटना र कटिहार क्वाटरफाइनलमा

तेस्रो संस्करणको मिल्स कप टी–२० क्रिकेट प्रतियोगितामा मंगलबार भारतका दुई टिम पटनाको हाइपफर्मेन्स क्रिकेट क्लब र कटिहार क्रिकेट क्लब क्वाटरफाइनल पुगेका छन् ।

नाम, आवाज र उपनाम जोगाउन ज्याकी अदालतमा

बलिउड अभिनेता ज्याकी श्रफ आफ्नो नाम, व्यक्तिगत पहिचान र फिल्म क्षेत्रबाट पाएको उपनाम बचाउन दिल्ली उच्च अदालत पुगेका छन् । 'अप्ना भिडू' उपनामले प्रख्यात श्रफले आफ्नो नाम ज्याकी, उपनाम जग्गु दादा, भिडू आफ्नो आवाज र शारीरिक हाउभाउको सुरक्षाका लागि उच्च अदालत पुगेका हुन् ।

दिल्लीमा नेपाल चर्चा 

नेपाल र भारतबीचको सदियौं पूरानो सम्बन्धबारे दिल्लीमा चर्चा भएको छ । राजनीतिज्ञ, कुटनीतिज्ञ र पत्रकारिता क्षेत्रका दिग्गजहरुले दुई देशबीचको कसिलो सम्बन्ध विश्वका  लागि उदाहरणीय रहेको बताएका छन् । 

न्युजक्लिकका प्रधान सम्पादक प्रबीर पुरकायस्थलाई रिहा गर्न भारतीय सर्वोच्च अदालतको आदेश

भारतीय अनलाइन समाचार पोर्टल न्युजक्लिकका संस्थापक तथा प्रधान सम्पादक प्रबीर पुरकायस्थलाई रिहा गर्न भारतीय सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतले पुरकायस्थलाई दिल्ली प्रहरीले गैरकानुनी रूपमा पक्राउ गरी हिरासतमा राखेको बताएको छ । 

सन् १९३७ मा आजकै दिन : अमेरिकाकी पहिलो महिला विदेशमन्त्रीको जन्म 

सन् १९३७ मा आजकै दिन (मे १५) मा मेडेलिन अलब्राइटको जन्म भएको थियो । उनी अमेरिकाकी पहिलो महिला विदेशमन्त्री हुन् । चेक गणतन्त्र (तत्कालीन चेकोस्लोभाकिया) को प्रागमा जन्मिएकी मेडेलिन १९९७ जनवरी २३ मा अमेरिकी विदेशमन्त्री नियुक्त भएकी थिइन् । 

चुनावी र्‍यालीमा केजरीवालको पुनरागमन

दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले लोकसभा निर्वाचनमा प्रचारप्रसार गर्न पाउने गरी अदालतको आदेशमा अन्तरिम जमानतमा जेलमुक्त भएसँगै चुनावी माहोल तताएका छन् । जेलमुक्त भएको अर्को दिन गत शनिबार दिल्लीको कनाँट प्लेसस्थित हनुमान मन्दिरमा पूजाआजापछि उनले चुनावी बिगुल फुकेका हुन् ।

बिहारका पूर्वउपमुख्यमन्त्री सुशीलकुमार मोदीको निधन

भारतीय जनता पार्टीका नेता एवं बिहारका पूर्वउपमुख्यमन्त्री सुशीलकुमार मोदीको निधन भएको छ । उपचारका क्रममा सोमबार दिल्लीस्थित एम्स अस्पतालमा उनको निधन भएको हो । उनी ७२ वर्षका थिए । 

साहित्यकार आमाकी कलाकार छोरी

सतही नजरले हेर्दा काठमाडौं सहरमा के–के देखिएला ? सडकमा चिप्लेकिरा झैं घिस्रिरहेका सवारी साधन, ठूल्ठूला भित्ता ढाकिने गरी झल्याकझुलुक गरिरहने डिजिटल विज्ञापन बोर्ड, गज्याङगुजुङ बिजुली तार अनि सपना पछ्याउँदै अनिश्चित जिन्दगीको त्रासमा दौडिरहेका मानिस...! लाग्छ, सडकमा हिँडिरहेका सहरका प्रत्येक मानिसका अनुहारमा दुःखका रंगरेखा कोरिएका छन् । 

विष्णुमति करिडोर मिचेर निर्माण गरिएका संरचना भत्काइयो

टोखा नगरपालिकाले विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काउन सुरुआत गरेको छ ।  टोखा–९ नयाँ बसपार्कस्थित विष्णुमति करिडोरमा निर्माण गरिएको सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रको भवन नगरपालिकाले भत्काएको हो ।  

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.