ट्वान्टी-२० विश्वकप क्रिकेटका लागि नेपाली टोली घोषणा
ट्वान्टी-२० विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले बुधबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
ट्वान्टी-२० विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले बुधबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकारले गम्भीर पहल गर्ने बताएका छन् । १३५ औँ संयुक्त ट्रेड युनियन महासंघद्वारा बुधबार आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आगामी दिनमा श्रमिक र मजुरहरूको हितलाई केन्द्रमा पारिश्रमिक बढाउन आफू लागिपर्ने बताए ।
आगामी वैशाख २४ गतेदेखि वाग्मती प्रदेशको भाषा ऐन कार्यान्वयनमा आउने भएको छ । प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८० पारित भएको एक सय ८० दिन पूरा भई कार्यान्वयनमा आउन लागेको हो । उक्त ऐन विसं २०८० कात्तिक २३ गते वाग्मती प्रदेशसभाबाट पारित भएको थियो ।
साविक दुई लेनमा रहेको पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–पोखरा खण्डलाई चार लेनमा विस्तार गर्ने कार्य भइरहेको छ । निर्माण पक्षले सडक विस्तारका लागि नाला बनाउने, सडक कालोपत्रे गर्ने, बजार क्षेत्रका भौतिक संरचनाहरु हटाउने, विद्युतका पोल स्थानान्तरण तथा पुल निर्माणका कार्यलाई तीव्रता दिएको छ ।
नेकपा एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित भएका छन् । नवौं जिल्ला अधिवेशनले अध्यक्षमा महतलाई निर्वाचित गरेको हो । अध्यक्ष महतसहित उनको प्यानल पुरै बिजयी बनेको छ । उनले अध्यक्षका अर्का प्रत्यासी धीरेन्द्रराज गिरीलाई ५९ मतान्तरले पराजित गरे ।
चाँगुनारायण नगरपालिक–४ खनालचोक सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने क्रममा निसास्सिएर बुधबार दुई जनाको मृत्यु भएको छ ।
आगलागीले सखाप बनाएको उजाड बस्तीमा बेला बेला हुरी चल्दा खरानी उडेर मुखसम्मै आइपुग्छ । तैपनि महोत्तरीको मटिहानी–६ जरलहवागाछीका ८० वर्षीय इलिहास अन्सारीलाई बस्तीभन्दा पर जान मन लाग्दैन ।
पाल्पाको रामपुर नगरपालिकामा जंगलमा लागेको भीषण डढेलो बस्तीमा फैलिएर ८ घरगोठ जलेका छन् । बुधबार दिउँसोदेखि राम्चे सामुदायिक वनलगायत यस क्षेत्रमा लागेको डढेलो हावाहुरीपछि बस्तीमा फैलिँदा रामपुर–४ को समानसिङ ३ वटा, रेवती पोखरा साथै रामपुर–५ को गैरागाउँ क्षेत्रका ५ घर, गोठ पूर्णरुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।
नेपाल समाजवादी पार्टीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्रीको चयनको व्यवस्था हुनुपर्ने माग गर्दै जनपरिचालन अभियान सुरु गरेको छ । ‘म चुन्छु मेरो राष्ट्रपति’ र ‘म चुन्छु मेरो मुख्यमन्त्री’ भन्ने नाराका साथ प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय र मुख्यमन्त्रीय शासकीय व्यस्थाको पक्षमा देशव्यापी अधियान चलाउने निर्णय गरेको हो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले ट्वान्टी–२० विश्वकपअगाडि सबै खेलाडीबारे जानकारी लिन पनि वेस्ट इन्डिज ‘ए’ सँग बुधबारको खेलमा केही खेलाडीलाई अवसर दिएको बताएका छन् । बुधबारको तेस्रो खेलमा नेपालले नियमित कप्तान रोहितसँगै सोमपाल कामी र आसिफ सेखलाई प्लेइङ ११ मा समावेश गरेको थिएन ।
माङसेबुङ–२ गजुरमुखी बजारस्थित परदेशी होटलकी सञ्चालक निर्मला कटुवाल वैशाख महिनामा निकै व्यस्त भइन् । उपनिर्वाचनमा भाग लिएका राजनीतिक दल, तिनका उम्मेद्वारसँगै विभिन्न पार्टीका नेता कार्यकर्ताको आउजाउले व्यस्तता बढाएको उनले सुनाइन् । गजुरमुखी धार्मिक र पर्यटकीयस्थल हो । शनि, सोम र मंगलबार पाठपूजा र गजुरमुखीदेवीको दर्शन गर्न आउनेको भीड लाग्छ ।
बगनासकाली गाउँपालिका–९, चापपानीकी दिलकुमारी गाहाको अनुहार बुधबार मलिन थियो । मई १ अर्थात् मजदुर दिवस हो भन्ने थाहा थिएन । अझ गाउँपालिकामा बोलाएकाले किन ? के का लागि ? भन्ने मनमा रह्यो । ‘मलाई त पालिकामा बोलाएर आएको हो,’ उनले भनिन्, ‘यो दिवसको विषय भन्दा पनि हाम्रो समस्या राख्न आएको हो ।’
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१ गते शुक्रबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका छन् ।