संसद्भित्रको अप्रिय स्थितिको प्रमुख जिम्मेवारी सभामुखले लिनुपर्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद्भित्र अप्रिय स्थितिको सिर्जना भएको भन्दै त्यसको जिम्मेवारी सभामुखले लिनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद्भित्र अप्रिय स्थितिको सिर्जना भएको भन्दै त्यसको जिम्मेवारी सभामुखले लिनुपर्ने बताएका छन् ।
पातारासी–६ घोडासिनकी माया थापा तरकारी खेतीमा जमेकी छन् । उनी एकाबिहानै बारीमा गएर सिँचाइ गर्नेदेखि गोडमेलमा ब्यस्त हुने गरेकी छन् । यतिबेला उनको बारीमा साग, गाजर, मुला, काक्रो, काउली, बन्दा, आलु, फर्सी र सिमी हुर्किरहेका छन् । मायाले तरकारी बेचेर वार्षिक एक लाख रुपैयाॅ कमाउॅछिन् । उनले भनिन्,‘बजारको व्यवस्था नहुँदा सास्ती त छ नै तर तरकारीले नै खर्च चलिरहेको छ ।’
प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधकाबीच सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्ने समय दिएपछि कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल भएको छ । सभामुख घिमिरेले गृहमन्त्री रवि लामिछानेले बोल्न समय दिएका थिए । त्यसपछि कांग्रेस र एमाले सांसदबीच धकेलाधकेलको अवस्था आएको हो । यो अवस्थाका कारण गृहमन्त्रीले बोल्न भने पाएनन् ।
प्रमुख प्रतिपक्षी सहितका विपक्षी दल विरोधमा उभिँदा पनि प्रतिनिधिसभाको बैठक अघि बढाउन खोजेकोमा आपत्ति जनाउँदै सभामुखको निष्पक्षतामाथि प्रश्न उठाएको छ । त्यसको समीक्षा गर्न कांग्रेसले शुक्रबार दिउँसो संसदीय दलको बैठक बोलाएको छ ।
माडी नगरपालिकाको पूर्वी भेगमा पर्ने शिवद्वारकी सोममाया पुनमगरले आफ्नो जीवनको चार दशकभन्दा बढी समय त्रासैत्रासमा गुजारिन् । म्याग्दीबाट चितवन झरेका बाजे पुस्ताले यहाँको जंगल नजिकको रिउखोला आडैमा बस्ती बसालेका थिए । उनीहरूले भोगचलन गर्दै आएको जंगललाई सरकारले पाँच दशकअघि चितवन राष्ट्रिय निकुञ्ज घोषणा गरिदियो । घर नजिकै जंगली जनावरको डर उनले बाल्यकालमा खुबै भोगिन् ।
लुम्बिनीको ‘पिस टर्च’ सगरमाथा पुर्याइने भएको छ । लुम्बिनी र सगरमाथालाई एक साथ पहिचान गराई पर्यटन प्रबर्द्धन गर्न लुम्बिनीस्थित अखण्ड शान्तिद्वीपबाट पिस टर्च (बुद्ध फ्लेम) लिएर बिहीबार ओलम्पियन र एथलेटिक्सका खेलाडी हिँडेका छन् ।
अहिले के सुनिने गरिन्छ भने बाह्य क्षेत्र एकदमै राम्रो छ । बैंकमा तरलता एकदमै उपलब्ध हुँदाहुँदै पनि कर्जा प्रवाह हुन सकेन । निजी क्षेत्रको मनोबल एकदमै गिरिरहेको अवस्था भनेर एक खालको नचाहिँदा भाष्यहरू सुन्ने गरिएको छ । यथार्थ कहिले पनि अवास्तविक हुँदैन । तथ्यांकहरूलाई केलाएर हेर्दा आयात घटेको छ ।
प्रशान्त क्रिकेट क्लब जोगबनीलाई १ सय ३४ रनले पराजित गर्दै विराटनगरको एनबीएससी क्रिकेट क्लब तेस्रो संस्करणको मिल्स कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।